तुलसीपुर । दाङको तुलसीपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर नगर तदर्थ समिति गठन गरिएको छ । तुलसीपुर क्षेत्रमा रहेका साना घरेलु तथा उद्योगीहरूको भेलाले लाल बहादुर केसीको अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन गरेको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा सचिन पौडेल, उपाध्यक्ष टिकाजङ्ग वली, महासचिव भद्र बहादुर ओली, कोषाध्यक्ष ओम बहादुर ओली रहनु भएको छ ।
त्यसैगरी सदस्यहरूमा सन्तोष नेपाली, थम्मन खड्का, रण बहादुर बिक, रविन्द्र विक्रम केसी, भीम बहादुर ओली सिर्जना भण्डारी, चन्द्रा थापा, विमला शर्मा, जग बहादुर वली र खिम बहादुर वली चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले साना उद्योगी व्यवसायीहरूको समस्याहरूको समाधानका लागि उद्योगीहरू सङ्गठित हुनुपर्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ घोराहीका अध्यक्ष प्रदिप मजगैयाँको अध्यक्षतामा बसेको भेलामा महासंघ दाङ शाखाका बरिष्ठ उपाध्यक्ष लब अधिकारी, नोपल घरेलु तथा साना उद्योग महासंघ दाङ शाखाका महासचिव नवीन पोख्रेल लगायतले बोल्नु भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.