हर्क घर्तीमगर,राेल्पा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढामगरले नेपाललाई दलाल संसदवादीहरूले युक्रेन र अफ्गानिस्तान बनाउने बाटाेमा उद्दत भएकाे बताएका छन् । त्यसकाे पछिल्लाे उदारण एमसिसि पास गर्न यहाँका संसदवादी पार्टी हरूकाे लालायितले प्रस्त्याएकाे उनले बताए।
नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे छैँटाै जिल्ला सम्मेलन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै नेता विषमले उक्त कुरा बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे छैटौं जिल्ला सम्मेलन सदरमुकाम लिबाङमा शुरू भएकाे छ । सम्मेलनमा १० वटै स्थानिय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूकाे सहभागिता रहेकाे छ भने नेकपाका केन्द्रीय सदस्यहरू सन्जिव, संगम, जागृति, जुझारू, सुवास पुर्व केन्द्रीय सदस्यहरू सन्ताेषी,सम्झना बिशेष कमिटीका सदस्यहरू सन्ताेष सुवेदी ,पुस्तमान घर्ती, संस्थापक तथा सिनियर सदस्यहरू सुमन, पत्थर, लिप, गणेश ,दिपक, शिखर, कुमार, विजुलि, विश्व, विरकुशज्वाला, मंगल युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष विश्लेषण, जनपत्रकार संगठनका केन्द्रीय काेषाध्यक्ष दिपेश विष्ट,जनअधिकार अधियान नेपाल केन्द्रीय प्रतिनिधि उमेश पाैडेल,जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू लगायतकाे आतिथ्यता रहेकाे थियाे । २७ र २८ भदाै दुई दिन सम्म चल्ने सम्मेलनले नयाँ जिल्ला कमिटी समेत चयन गर्ने आयाेजकले जानकारी दिएकाे छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.