युवा संगठन नेपालले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

डेली न्युजराप्ती       १० फाल्गुन २०७९ १४:११ मा प्रकाशित     699 No Comments

काठमाडौ । युवा संगठन नेपालले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगार ब्यवसायीहरुले निम्त्याएका समस्या , बित्तीय संघ संस्थाले निम्त्याएका समस्या र मिटर ब्याजिहरुले निम्त्याएका समस्याहरुको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

संगठनको केन्द्रिय समितिको पाँचौ बैठकले तय गरे अनुसार बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई संगठनका अध्यक्ष पाटन नेतृत्वको टोलिले ज्ञापनपत्र बुझाएको छ भने देशका सबै जिल्ला प्रशासन कार्यालयहरुमा समेत सो ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

सबै समस्याहरु हल गर्न पहिलो चरणमा ज्ञापनपत्र बुझाइएको युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली सीले बताए । सरकारले बिधमान समस्याहरु हल नगरे संगठनले चरणबद्ध रुपमा थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने पनि अध्यक्ष पाटन जंगली सीले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन् ।

ध्यानाकर्षण पत्रको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार