असार ३ गते वेपत्ता पारिएका नागरिक र शान्तिप्रक्रियाबारे काठमाडौमा अन्तर्कृया हुँदै

डेली न्युजराप्ती       २ असार २०८० १०:५२ मा प्रकाशित     73 No Comments


काठमाडौ / तत्कालीन जनयुद्धको क्रममा राज्यद्वारा वेपत्ता पारिएका योद्दा विपिन भण्डारीको स्मृतिमा वेपत्ता पारिएका नागरिक र शान्ति प्रक्रिया बिषयक अन्तर्कृया कार्यक्रम हुने भएको छ।विपिन भण्डारी फाउन्डेसनद्वारा असार ३ गते काठमाडौको प्रज्ञाभवनको पारिजात हलमा दिउँसो ११:३० बजे अन्तर्कृयाको आयोजना गरिएको हो।

विपिन भण्डारी फाउन्डेसन र वेपत्ता योद्दा परिवार समाजद्वारा संयुक्त रूपमा आयोजना गरिने कार्यक्रममा विपिन भण्डारीका समकालीन विद्यार्थी नेताहरू लेखनाथ न्यौपाने ,प्रदीप पौडेल ,माधव ढुङ्गेल,रामकुमारी झाक्री,सावित्रा दुरा, नागरिक समाजका अगुवा डा. सुन्दरमणी दीक्षित , प्राध्यापक कपिल श्रेष्ठ ,मानवअधिकारवादी नेताहरू शुशिल प्याकुरेल ,सुदिप पाठक र चरण प्रसाईं लगाएतका वक्ताहरूले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।

अखिल( क्रान्तिकारी)का तत्कालीन केन्द्रिय सदस्य तथा नेकपा( माओवादी)का काठमाडौ जिल्ला समितिसचिवालय सदस्य समेत रहेका विपिन भण्डारी र विद्यार्थी नेता दिल बहादुर राईलाई २०५९ असार ३ गते प्रहरीका काठमाडौ उपत्यकाका डि यस पी विक्रम सिंह थापा र प्रहरी विजय प्रताप शाहको टोलिले सुकेधाराबाट गिरफ्तार गरि वेपत्ता बनाएका थिए।

जनयुद्धको क्रममा राज्यद्वारा देशभर १ हजार ९६ जना योद्दाहरु वेपता पारिएको लगत देखिन्छ भने भण्डारीलाई वेपत्ता पारिएको दिनलाई उनका आफन्त, विपिन भण्डारी फाउन्डेसन र वेपत्ता परिवार समाजद्वारा असार ३ गते विभिन्न रचनात्मक कार्य गर्दै स्मरण गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार