तुलसीपुर, २१ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलले २८ औं बार्षिकोत्सव मनाएको छ । शनिबार विभिन्न कार्यक्रम गरि स्कुलले बार्षिकोत्सव मनाएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले शिक्षालाई जीवनसैलीसंग जोड्नु पर्ने बताए ।
त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद देवकोटाले २०५३ सालमा उक्त विद्यालय स्थापना भएको जानकारी दिए । नर्सरीदेखि कक्षा ८ सम्म १५० जना विद्यार्थीबाट सुरु भएको उक्त विद्यालयमा हाल एक हजार पाँचसय २५ जना विद्यार्थी रहेको बताए । हाल विद्यालयमा १९ जना सेयर सदस्य रहेको उक्त विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालित छ । कक्षा ११ र १२ मा विज्ञान, ब्यबस्थापन,शिक्षा र कानुन विषयको अध्यापन भइरहेको छ ।
साथै विद्यार्थीहरुको माग अनुरुप कम्प्युटर विज्ञान र होटेल म्यानेजमेन्ट ऐच्छिक विषयका रुपमा अध्यापन भइरहेको विद्यालयका प्रिन्सिपल देवकोटाले बताए । विद्यालय एसएलसी, प्लसटु तर्फ जिल्ला प्रथम समेत भएको उक्त स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु डाक्टर, इन्जिनियर, राजनीतिज्ञ, निजामति कर्मचारी, सफल ब्यबसायी, सुरक्षा निकायमा समेत रहेको बताए । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुमा समेत पूर्व विद्यर्थीहरु रहेको उनको भनाई छ । विद्यालयमा ९० जना शिक्षक, कर्मचारी कार्यरत रहेको प्रअ देवकोटाले बताए ।
त्यस अवसर विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु समेत देखाएका थिए । विद्यार्थीहरुले बनाएका ड्रोनदेखि विज्ञान प्रदर्शनी गरेका थिए, भने बिभिन्नि भेषभुषाका नाच समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत,प्रबक्ता माधव ओली, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, संस्थापक प्रिन्सिपल महेश प्रसाद आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसी, माधव भट्टराई , पूर्व विद्यार्थी समाजका अध्यक्ष पूर्णविक्रम डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । भाइस प्रिन्सिपल कमल प्रकाश शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण विद्यालयका प्रोग्राम कोर्डिनेटर नेत्रलाल भट्टराईले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.