हामीलाई नेपालमा अमेरिकी प्रभुत्व स्विकार्य छैन: माइला लामा

डेली न्युजराप्ती       ३० जेष्ठ २०७९ १९:५७ मा प्रकाशित     232 No Comments


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाले आफुहरुलाई नेपालमा अमेरिकी प्रभुत्व स्विकार्य नभएको बताउनुभएको छ।

अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चर्ल्स ए फ्लिप नेपाल भ्रमणमा रहेको बेला पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सोमबार आयोजित एमसिएको कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै लामाले यस्तो कुरा बताएका हुन।
काठमाडौको शान्तिवाटिका र प्रज्ञा भवन चोक गरि दुइतिरबाट शुरु गरिएको बिरोध प्रदर्शनलाई दरबारमार्गमा रहेको याक एण्ड यति होटेलमा रहेको एमसिएको कार्यालय अगाडि समापन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता लामाले भन्नुभयो– ‘ हामिलाई आमा भन्दा जन्मिएको देश प्यारो हुन्छ, देसप्रती घात गर्नु भन्दा मर्नु वेश हुन्छ भन्दै नेता अमेरिका र एमसिसी कै कारण हजारौ युक्रेनिहरुको ज्यान गइरहेको छ र सुन्दर शहरहरु भग्नावशेसमा वदलियका छ्न, अमेरिकाले आज नेपाललाई पनि त्यस्तै भयावह द्वन्दमा पुर्याउन चाहान्छ तर हामीलाई अमेरिकी प्रभुत्व स्विकार्य छैन , देशको स्वाधिनताका लागि अन्तिम सम्म लाड्छौ।’

प्रधानमन्त्री शेर बहादुर देउवा र ओलिले नेपालका जनताले एमसिसी नपढ्कोले बिरोध गरिरहेका छन भन्नु भनेको जनतालाई गुलाम र अज्ञानि ठान्नु हो भन्दै उहाले भन्नुभयो– ‘ देउवा ओलिले एमसिसी बारे नेपालका नेताहरुले पढेका छैनन भनेका छन म उहाहरुलाई चुनौती दिएर भन्छु तपाइहरु जस्ता लाचार र देशद्रोहि नेताहरु भन्दा यो माटोलाई माया गर्ने मजदुर किसान र देशभक्तहरुले कैयौं गुणा पढेका छन , एमसिसी बुझेका छन बरु तपाइहरुको व्यक्तिगत स्वार्थले तपाइहरु जनतालाई मूर्ख देख्दै हुनुहुन्छ , इतिहासले यसको राम्ररी जवाफ दिनेछ।’

कार्यक्रमको क्रममा गो व्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद! रिजेक्ट एमसिसी ! दलालहरु होसियार जस्ता नाराहरु लगाइएको थियो भने केन्द्रिय सदस्य ओमप्रकाश पुन निर्माण ले समेत मन्तव्य राख्नु भएको थियो।
बिरोध प्रदर्शन पछिको कार्यक्रमको संचालन केन्द्रिय सदस्य आस्थाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार