दाङबाट नेकपाका ३ नेता गिरफ्तार,शान्तिपुर्ण कार्यक्रममा अनावश्यक दमन गरे प्रतिरोध गर्ने चेतावनी

डेली न्युजराप्ती       २१ कार्तिक २०७९ १४:३२ मा प्रकाशित     875 No Comments

कार्तिक २१ , घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङका ३ नेता गिरफ्तार परेका छन ।
आज घोराहीमा शान्तिपुर्ण ढंगले भित्तेलेखन कार्यक्रमबाट
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम पार्टीका जिल्ला कमिटी सदस्य अशोका सी,पार्टीको सहायक संगठन युवा संगठन नेपालका जिल्ला सचिव एवम पार्टीका जिल्ला कमिटी सदस्य पदम सी , पार्टीका जिल्ला कमिटी सदस्य रेमन्त सीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप सीले शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार गरिएका नेता-कार्यकर्तालाई अबिलम्ब निसर्त रिहा नगरे प्रतिरोधात्मक ढंगले खारेजी अभियानलाई थप शसक्त बनाउने बताउनुभएको छ ।

उहाँले डेलिन्युजराप्ती संग कुरा गर्दै भन्नुभयो– ‘हामी यो निर्वाचनलाई खारेज गर्ने भनेका छौँ । चुनाव खारेजिका लागि हामिले जिल्लामा शान्तिपुर्ण ढंगले भित्तेलेखन पोस्टरिङ ,पर्चा वितरण , घरदैलो अभियान संचालन गरिरहेका छौँ तर प्रशासनले शान्तिपुर्ण कार्यक्रममा अनावश्यक दमन गरिरहेको छ । शान्तिपुर्ण ढंगले कार्यक्रम गर्दा अनावश्यक दमन गरिरहे निर्वाचन खारेजी अभियानलाई प्रतिरोधात्मक संघर्ष समेत चलाउने चेतावनी दिन चाहान्छौ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार