धर्मेन्द्र समूह राजनीतिक रुपले अस्पष्ट, अन्यौलमा परेको भन्दै दर्जनौं कार्यकर्ता मूलघरमा प्रवेश

डेली न्युजराप्ती       ४ पुष २०७९ ०८:०५ मा प्रकाशित     204 No Comments

दाङ । नेकपाले कारवाही गरेपछि नयाँ समूह बनाएका धर्मेन्द्र समूहमा राजनीतिक संकट देखा परेको छ । नयाँ पार्टी गठन गरिएको भनिएको धर्मेन्द्र समूहमा रहेका इमान्दार र राजनीतिक कार्यकर्ता मूलघरमा फिर्ता भइरहेको समाचार आइरहेका छन् । चितवनमा धर्मेन्द्र समूह राजनीतिक रुपले अस्पष्ट, अन्यौलता र पार्टी फुटाउनु गलत रहेको भन्दै जिल्ला सदस्य हिराबहादुर थापा, भरतपुर महानगरपालिका सदस्य प्रेम नेपाली सहित दर्जनौं नेता कार्यकर्ता नेकपामा फर्किएका छन् । नेपालीलाई नेकपाका केन्द्रीय सदस्य सन्देश सीले स्वागत गरेका थिए । यसअघि मजदुर संगठन सम्बद्ध नेताहरु दशरथ राम, चन्दन राम, अजय राम, विजय राम, गुद्धु राम, शिवराज माझी, राजकिशोर चौधरी, सन्तोष राम, किरण शाह, अमृता आचार्य, धनन्जय चौधरीलगायत दर्जनौं कार्यकर्ता नेकपामा फर्किएका थिए । धर्मेन्द्र समूहले नेकपाभित्र सांगठनिक आर्थिक, सांस्कृतिक अराजकता मच्चाएका नेता कार्यकर्तालाई कारवाही गरेपछि नयाँ समूह बनाएका थिए । उनीहरुको भ्रममा परेर उक्त समूहमा लागेका देशभरका इमान्दार र क्रान्तिकारी कार्यकर्ताहरु उक्त समूहमा लाग्नु गल्ती भएको भन्दै मूलघर नेकपामा फर्किने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार