नेकपा तुलसीपुर उपमहानगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       ७ पुष २०७८ १८:५० मा प्रकाशित     441 No Comments


हेमन्तप्रकाश वली, दाङ। नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य गणेश सुबेदी र पार्टीका शुभचिन्तक तिर्थराज सुबेदिका पिता बामदेब सुबेदीको स्मृतिमा बुधबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा आयोजित श्रद्धाञ्जली कार्यक्रमको प्रमुख आतिथ्य नेकपाका केन्द्रिय सदस्य एवम दाङका इन्चार्ज शितलले गर्नुभएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा नेता शितलले श्रद्धाञ्जली मन्तव्य राख्दै कम्युनिस्ट आन्दोलनका अथक योद्धा मृतक सुबेदीप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो साथै शोकसन्तप्त परिवारजनप्रती गहिरो समबेदना समेत प्रकट गर्नुभएको थियो। बिद्यार्थीकालदेखी नै कम्युनिस्ट आन्दोलनमा अथक र अविचलित ढंगले देश र जनताको मुक्तिका खातिर लड्ने योद्धा गुमाएको प्रती नेता शितलले आफुहरु र आफ्नो समस्त पार्टी स्तब्ध भएको बताउनुभएको थियो।
दिबंगत सुबेदीले देश र जनताको लागी देखेको मुक्तीको सपना आफ्नो पार्टीले लिएको एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गरेर पुरा गर्ने नेता शितलको जिकिर थियो।
कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्तीले मृतक सुबेदीले कम्युनिस्ट आन्दोलनमा पुर्याएको उच्च योगदानको स्मरण एवम सम्मान व्यक्त गर्नुभएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाश,नेपाल गणतान्त्रिक महासंघका केन्द्रीय सदस्य रुद्र,नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य खेमराज,युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज बिरेन्द्र,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त,वेपत्ता चन्कु चौधरीका बुवा जोखु चौधरी लगाएत मृतकका भाइ दुर्गा सुवेदी ,छोराहरु/बुहारीहरुको आतिथ्य रहेको थियो।

नेकपा दाङ जिल्ला सदस्य एवम तुलसीपुर उपमहानगर वडा नं. १३,१४ र १५ का इन्चार्ज शिव सुबेदीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रमको संचालन नेकपा तुलसीपुर उपमहानगर वडा नं. १५ का सेक्रेटरी नवराज दाहालले गर्नुभएको हो।

मृतक सुबेदिको संक्षिप्त जिवनी:
बुवा विषाधर सुवेदी र आमा बसुन्धरा सुबेदीको कोखबाट जन्मनु भएका ११ भाइ छोरा र १ छोरी मध्य छैठो सन्तानका रुपमा १९९७/०१ महिना ३ गतेका दिन मृतक बामदेव सुबेदीको जन्म भएको थियो।२०७८/०८ महिना २५ गतेका दिन ८२ वर्षको उमेरमा उहाको दुखद निधन भएको हो।
दिबंगत सुबेदी जन्मकालदेखी मध्यम परिवारमा रहि कृषि,शिक्षण तथा राजनीतिमा अभिरुचि राख्नुहुन्थ्यो। २६/२७ बर्षको उमेरदेखी कम्युनिस्ट बिचार तथा सिद्धान्तमा समाहित हुनुभयो र दाङ जिल्लामा तत्कालीन समयमा गठित सन्देश समुहका शिवराज गौतम र नेत्रलाल अभागीसंग संगठित हुनुभयो। २०३६ सालमा कोर्डिनेसन कमिटी गठन गर्दा उहाको उपस्थितिमा र उहाकै घरमा गठन भएको थियो भने मृतक सुवेदी मरोनोपरान्त सम्म कम्युनिस्ट बिचारमा नै अडिग रहनु भएको हो।
उहा सुवेदी कल्याण प्रतिस्ठान दाङको सदस्य समेत हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार