नेकपा दाङद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाव्यापी कोणसभा,दिपप्रज्वलन सम्पन्न

डेली न्युजराप्ती       ८ मंसिर २०७९ २०:०३ मा प्रकाशित     140 No Comments

मंसिर ८ , दाङ
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापी पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाएको छ ।
नेकपा दाङले पनि पार्टी पुनर्गठन दिवसको अवसरमा आज जिल्लामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ मनाएको छ ।

नेकपाले दाङका मुख्य शहर घोराही , तुलसीपुर , लमही लगाएतका ठाउँका मुख्य चोकहरुमा कोणसभा गरेको छ । कोणसभालाइ नेकपाका नेताहरुले सम्बोधन गरेका थिए।
पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा टीका आवरण ,शुभकामना आदानप्रदान , राजनैतिक/वैचारिक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ ।
यस्तै नेकपाले लमहिमा भव्य प्रदर्शन सहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले चिहानमा पुगिसकेको संसदीय व्यवस्थालाई टिकाउन संसदवादी दलहरुले चुनाव मार्फत ५ वर्षको देश लुट्ने लाइसेन्स नविकरण गरिरहेको बताए । नेता प्रदिपले भने– ‘यो व्यवस्था पुर्णरुपले असफल भइसकेको छ तर संसदवादी दलहरुले चुनाव मार्फत प्रत्येक ५/५ वर्षमा यसको नविकरण गर्ने गरेका छन । हामी भन्छौं संसदीय व्यवस्थाले अहिलेको संकटको निकास दिदैन बरु झन जटिल मोडमा लैजान्छ त्यसैले अब सबैखाले संकटको समाधान दिन वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्तिका लागि जुटौं ।’
कोणसभा कार्यक्रमको सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनक सीले गरेका थिए ।

यस्तै सो पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा दाङका मुख्य सहरमा आजै साझ दिप प्रज्वलन समेत गरेको छ ।
पार्टीले घोराही , तुलसीपुर , लमहि , भालुबाङ लगाएतका ठाउँमा दिप प्रज्वलन गरेको जनाएको छ ।

२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार