माथिल्लो हलवारमा संयुक्त शवदाह प्रतिक्षालय भवन निर्माण

डेली न्युजराप्ती       ६ चैत्र २०७८ ०७:३६ मा प्रकाशित     264 No Comments


तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ माथिल्लो हलवारका स्थानीयले संयुक्त शवदाह प्रतिक्षालय भवन निर्माण गरेका छन् । स्थानीयले ७ लाखको लागतमा शवदाह प्रतिक्षालय भवन निर्माण गरेका हुन् ।

मृत्युपछि गरिने अन्तिम संस्कारमा समस्या भइरहेको अवस्थामा मलामीको सहजताका लागि शवदाह प्रतिक्षालय भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष शंकर चौधरीले बताउनुभयो । स्थानीय तथा विभिन्न समाजसेवीको सहयोगमा संयुक्त शवदाह प्रतिक्षालय भवन निर्माण गरिएको हो ।

शवदाह प्रतिक्षालय निर्माणमा स्थानीय तथा विभिन्न सामाजिक व्यक्ति, जनप्रतिनिधिले एक सयदेखि १ लाख ५ हजार ५ सम्म सहयोग गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।

यसैबिच प्रतिक्षालयको शुक्रबार (आज) उद्घाटन गरिएको छ । तुलसीपुर उपमहागरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण राणाले प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा अध्यक्ष राणाले माथिल्लो हलवारमा शवदाह प्रतिक्षालय भवन निर्माणले विकास खुट्कीला थपिएको बताउनुभयो । उहाँले माथिल्लो हलवारमा पछिल्लो समय विकास निर्माणले गतिलिन थालेको बताउँदै शवदाह प्रतिक्षालय भवन निर्माण पनि विकासको आधार भएको बताउनुभयो ।

उहाँले माथिल्लो हलवारका स्थानीयको कामलाई सबैतिर निरन्तरता दिन सकेमा विकासको गति अघि बढ्न समय नलाग्ने बताउनुभयो । संयुक्त शवदाह प्रतिक्षालय भवनको संरक्षणमा पनि स्थानीयले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य रामबहादुर जिसीले मानिसको जन्म मृत्युपछि निश्चित भएकाले मृत्युपछि गरिने अन्तिम संस्कारलाई सहज बनाउन माथिल्लो हलवारका स्थानीयले खेलेको भूमिका प्रशंसनिय भएको बताउनुभयो ।

भवन निर्माणका दातासमेत रहनुभएका जिसीले समाजमा आवश्यक कुराको भौतिक तथा आर्थिक सहयोग गर्न आफुले जुनसुकै समयमा पनि तयार रहेको बताउनुभयो ।

संयुक्त शवदाह प्रतिक्षालय भवन निर्माण समितिका अध्यक्ष शंकर चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण रानाको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडासदस्य रामबहादुर जिसीको विशिष्ठ आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।

भवन निर्माण समितिका सदस्य अरूणकुमार आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको भवन उद्घाटन कार्यक्रममा जेष्ठ नागरिक ओतबहादुर राना, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सह सचिव चिरन्जीवी पौडेल,धरमपानी टोल विकास संस्थाका अध्यक्ष बिरबहादुर पुन, रनियापुर टोल विकास संस्थाका चुणर् बहादुर पार्दे, समाजसेवी बसन्त बहादुर पुन, लोकमणि आचार्य, भवन निर्माण समिति सदस्य श्रवण कुमार आचार्य, समावजेवी वसन्त केसी, नेपाली कांग्रेस तुलसीपुर नगर सदस्य ईश्वरी पौडेल, नेकपा एमाले तुलसीपुर-१९ का अध्यक्ष बिमल रेग्मी लगायतले संयुक्त शवदाह भवन निर्माणले माथिल्लो हलवारको थप उचाई बढेको बताउनुभयो । कार्यक्रमको सहजीकरण निर्माण समितिका सदस्य बसन्त पौडेलले गर्नुभएको हो ।

रेडियो हाम्रो पहुँचका सम्पादक सम्मानित
संयुक्त शवदाह प्रतिक्षालय भवन निर्माण समितिले रेडियो हाम्रो पहुँचका सम्पादक जीतसागर जिएमलाई सम्मान गरेको छ । भवन उद्घाटनको अवसरमा हाम्रो पहुँचकर्मी जीएमलाई सम्मानपत्रले सम्मान गरिएको हो ।
भवन निर्माणको क्रममा समाचार सम्प्रेसनमा महत्वपूणर् भूमिका खेलेको भन्दै सम्पादक जिएमलाई सम्मान गरिएको हो । त्यसअवसरमा पत्रकार जीएमसहित भवन निर्माणमा आर्थिक तथा भौतिकरुपमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार