विप्लव र प्रचण्डको भेटले नयाँ तरंग , भेटघाट नसकिदै एमाले अध्यक्ष वली पुगेपछि झन नयाँ तरंग!

डेली न्युजराप्ती       ७ चैत्र २०८० १९:१३ मा प्रकाशित     156 No Comments

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।उक्त भेटवार्तामा पछिल्लो समय फेरिएको सत्ता गठबन्धन र त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परेको प्रभावको विषयमा छलफल भएको बताइएको छ । छलफलमा पछिल्लो सत्ता सत्ता गठबन्धनले देशको स्वाधिनता, क्रान्ति र परिवर्तन चाहने राजनीतिक दल, नेता र आमजनता उत्साहित भएको र दलाल, प्रतिक्रान्तिकारी शक्तिमा घबराहट पैदा भएको र उत्तेजित भएको विश्लेषण गरिएको बताइएको छ । साथै उक्त भेटवार्तामा राष्ट्रिय समस्या हल गर्न सरकारले आफ्नो कार्यलाई प्रभावकारी बनाउनु पर्ने विषयमा समेत छलफल भएको बताइएको छ । यसैगरी भेटवार्तामा छिट्टै समाजवादी मोर्चाको बैठक बसेर कार्यक्रम अगाडि बढाउने बिषयमा समेत सहमति भएको बताइएको छ। यस्तै भेटवार्ताको अन्तिम समयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेको र ओलीसहितका नेताहरुले पछिल्लो समय बनेको सत्ता गठबन्धन र देशको वर्तमान राजनीतिक विषयमा गहिरो छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार