हेमन्तप्रकाश वली ।
फागुन १,तुलसीपुर । सहिद स्मृति आवासीय माध्यामिक विधालयले ३१औँ जनयुद्ध दिवस मनाएको छ ।
दाङको तुलसीपुर-१७ मा अवस्थित रहेको सो विधालयले तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सुरु गरेको शसस्त्र युद्ध गरेको दिनको सम्झनामा दिवस मनाएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ-२ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार निर्मल आचार्यको प्रमुख आतिथ्यता , नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा दाङ-३ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)को बिशिस्ट आतिथ्यता , नेकपा (माओवादी)का केन्द्रीय सदस्यहरु प्रदिप वली , विकाश वली , जिवनी चौधरी , नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर दहित (अन्जान) लगाएतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जनयुद्धका उपलब्धिको रक्षाका लागि विभाजित माओवादीहरु एक भएर अघि बढ्नुपर्ने बताएका थिए ।
उनीहरूले जनयुद्धका उद्देश्यहरु पुरा नभएकाले संघर्ष जिवित रहेको बताएका थिए ।
कार्यक्रममा वक्ताहरुले माओवादी सिद्धान्त त्यागेर एकता नहुने भन्दै माओवादी सिद्धान्तको आवश्यकता अझै बढेर गएको जिकिर गरेका थिए ।

३१औं जनयुद्ध दिवस कार्यक्रममा अतिथिहरुले एक आपसमा टिका आवरण ,बिद्यार्थीहरुलाई टिका लगाइदिएर फलफूल वितरण गरेका थिए ।
बिधालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शेर बहादुर बस्नेतको अध्यक्षता तथा बिधालयका शिक्षक मिनराज वलीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बिधालयमा अध्यनरत छात्रछात्राहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.