मंसिर १०,दाङ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले प्रचण्डसँग टिका थाप्न गएकाहरु नेकपा (माओवादी)को कुनैपनि भुमिकामा नभएको बताउनुभएको छ ।
उहाँले हिजो मंगलवार सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै नेकपा(माओवादी) दाङका युवाहरू प्रचण्डको पार्टीमा प्रवेश भन्ने समाचार बाहिरिएपछि यस्तो खण्डण गर्नुभएको हो ।
नेता सविनले लेख्नुभएको छ– ‘आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी)दाङका युवा संगठनका फलाना इन्चार्ज ,युवानेता आदि इत्यादि भनाउँदै प्रचण्ड कमरेडको टीका थाप्न गएका साथीहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी)दाङको कुनै पनि सक्रिय भुमिकामा नरहेका साथीहरु हुनुहुन्छ । अझ खेलकुद संगठनको केन्द्रिय सदस्य भनाउने साथी केही वर्ष पहिले देखिनै अरुकुनै पार्टीमा आवद्द भएका ब्यक्ति हुन् ।’
इन्चार्ज सविनले प्रचण्डलाई माओवाद,माओवादी पार्टी ,माओवादी आदर्श,माओवादी सपना विघटन गराउँदाको छटपटी,पीडा र ग्लानी कतै नलुकेको र लुग्न सम्भव पनि नभएको बताउनुभएको छ ।
उहाँले प्रचण्डले आफ्नो अस्तित्व धान्न पार्टी एकताको नाममा गरिएको स्वार्थी गठजोडमा विप्लव सी सामेल नहुँदा नविकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई धारे हात लगाउँदै सत्तोसराप गर्नैपर्ने उहाँहरुको बाध्यतालाई पनि धेरै टिप्पणी र प्रतिटिप्पणीको जरुरी नभएको स्पष्ट पार्नुभएको छ ।
यस्तो छ नेता सविन सीको स्टाटसको पुरापाठ:
-आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी)दाङका युवा संगठनका फलाना इन्चार्ज ,युवानेता आदि इत्यादि भनाउँदै प्रचण्ड कमरेडको टीका थाप्न गएका साथीहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी)दाङको कुनै पनि सक्रिय भुमिकामा नरहेका साथीहरु हुनुहुन्छ ।अझ खेलकुद संगठनको केन्द्रिय सदस्य भनाउने साथी केही वर्ष पहिले देखिनै अरुकुनै पार्टीमा आवद्द भएका ब्यक्ति हुन् ।
-टीका पछिको प्रचण्डवाणीमा जतिसुकै आत्ममुग्धता र हर्षबढाइ देखिए पनि माओवाद,माओवादी पार्टी ,माओवादी आदर्श,माओवादी सपना विघटन गराउँदाको प्रचण्ड छटपटी,पीडा र ग्लानी कतै लुगेको छैन,लुग्न सम्भव पनि छैन ।
-प्रचण्ड कमरेडहरुले आफ्नो अस्तित्व धान्न पार्टी एकताको नाममा गरिएको स्वार्थी गठजोडमा विप्लव सी सामेल नहुँदा विप्लव कमरेड र नविकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई धारे हात लगाउँदै सत्तोसराप गर्नैपर्ने उहाँहरुको बाध्यतालाई पनि धेरै टिप्पणी र प्रतिटिप्पणीको जरुरी छैन ।धन्यवाद !
९ मङ्सिर २०८२,दाङ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.