युवा संगठन नेपाल तुलसीपुर उपमहानगरको तेस्रो सम्मेलन सम्पन्न,अध्यक्षमा रमण

डेली न्युजराप्ती       २४ मंसिर २०७८ १८:२८ मा प्रकाशित     606 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको तेस्रो सम्मेलन तुलसीपुरमा सम्पन्न भएको छ।
सम्मेलनले रमणको अध्यक्षतामा २५ सदस्यीय तुलसीपुर उपमहानगर कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा पवन,सचिवमा टोपेन्द्र,सह-सचिवमा संजिव र कोषाध्यक्षमा यम कान्छालाइ चयन गरिएको हो।
तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा दाङका सेक्रेटरी प्रदिपले दलाल संसदीय व्यवस्थाका भ्रष्ट शासकहरुले नेपाली युवाहरुलाइ बिदेशी भुमिमा बेचेर लासको व्यापार गरिरहेको जिकिर गर्नुभयो।नेपाली श्रमजीवी युवाहरुलाइ देशमा रोजगार दिनुको साटो सस्तो श्रममा बिदेशी भुमीमा बेचेको नेता जिकिर थियो। नेता प्रदिपले वैज्ञानिक समाजवादमा युवाहरु अनिवार्य उत्पादनमा जोडिने कुरा बताउनुभएको थियो। उहाले नेपाली युवाहरुलाइ वैज्ञानिक समाजवादमा आत्मनिर्भर बनाइने पनि बताउनुभयो। उहाले आफ्नो श्रम,सिप,क्षमता र नेपालमा असीमित स्रोत साधनलाइ उपयोग गरि युवाहरुलाइ देशभन्दा बाहिर जानुनपर्ने अबस्था जनताको आफ्नो व्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा मात्र सम्भव रहने उद्घोष गर्नुभयो।
एक फरक प्रसंगमा नेता प्रदिपले युवाहरुले सधै सत्यको अगुवाई गर्नुपर्ने धारणा राख्नुभएको थियो। उहाले राष्ट्रियता,स्वाधीनता,जनतन्त्र र जनजिबिकाको पक्षमा संघर्ष गर्दै जनबिरोधी शासनका विरुद्ध शसक्त बन्न अपिल गर्नुभयो। नेता प्रदिपले राज्यले आफ्नो पार्टीसंग गरेको तिन बुदे सहमति कार्यान्वयन नगरे युवाहरुले भीषण संघर्ष गर्ने बताउनुभयो। उहाले आफ्नो पार्टीले तीन बुदे सहमती अक्षरंस पालना गरिरहेको तर राज्यले बेइमानी गरेको समेत नेता प्रदिपको भनाइ थियो।

कार्यक्रममा नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष बिबेक,राष्ट्रिय उधोग व्यापार संगठन तुलसीपुर उपमहानगर अध्यक्ष उज्वल शर्मा,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त,अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला सदस्य एवम तुलसीपुर उपमहानगर अध्यक्ष खिमा,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष संजय, स्कुलिङ बिभाग दाङका प्रमुख रुद्र,सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती,नेकपा दंगिशरण गाउपालिका इन्चार्ज राजकुमार,युवा संगठन नेपालका लुम्बिनी प्रदेश इन्चार्ज बिरेन्द्र,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नबनिर्वाचित युवा संगठन नेपाल तुलसीपुर उपमहानगर कमिटीलाई हार्दिक बधाई मन्तव्य नेकपा दाङ जिल्ला सदस्य एवम तुलसीपुर उपमहानगर वडा नं.५ इन्चार्ज इश्वरी,युवा संगठन नेपालका केन्द्रीय सदस्य जिबनीले व्यक्त गर्नुभएको थियो भने प्यानल प्रस्ताव युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज मनोजले गर्नुभएको हो।
तेस्रो नगर सम्मेलनमा नेकपा दाङ जिल्ला सदस्यहरु बिजय मल्ल,कमला रोकाय,शिव,भरत,खिमा,खेम,युवा संगठन नेपाल दाङका कोषाध्यक्ष दिपेन्द्र,सह-सचिव अजय,सचिवालय सदस्यहरु द्वय पदम चन्द,गणेश,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष प्रेम,अनेमसंघ क्रान्तिकारी तुलसीपुर उपमहानगर कमिटी अध्यक्ष कमला केसि,अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला सदस्य सीता रैदास,अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङका सदस्य खिम बहादुरको आतिथ्य रहेको थियो।
युवा संगठन नेपाल दाङ जिल्ला सदस्य राजेशको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संगठनका नगर उपाध्यक्ष पुर्णले गर्नुभएको थियो भने सम्मेलनको सहजीकरण संगठनका जिल्ला सचीव शुदर्शनले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार