पार्टी पुनर्गठन दिबसको अवसरमा नेकपा दाङद्वारा घोराहीमा मोटरसाइकल र्याली (भिडियो सहित)

डेली न्युजराप्ती       ६ मंसिर २०७८ १८:५४ मा प्रकाशित     441 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले घोराहीमा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ।

नेकपा दाङले ८औ पार्टी पुनर्गठन दिबसको अवसरमा जिल्लाको घोराहीमा मोटरसाइकल र्याली गरेको हो।
घोराहीका विभिन्न चोकहरु परिक्रमा गर्दै र्याली घोराहीको तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले आफुहरुले अधुरो क्रान्ती पूरा गर्न पार्टी पुनर्गठन गरेको बताउनुभयो। उहाले प्रचण्ड बाबुरामहरुले महान जनयुद्धका सम्पुर्ण उपलब्धिहरुलाई बेचेर क्रान्तिलाइ बिचबाटोमै अलपत्र पारेपछी आफुहरुले बिद्रोहको झण्डा उठाएको समेत जिकिर गर्नुभयो। नेता शितलले नेपालमा सबैखाले समस्याको कारण संसदीय व्यवस्था भएकाले आफ्नो पार्टीले त्यसको विकल्पमा जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गरिरहेको समेत स्पष्ट पार्नुभयो।

वैज्ञानिक समाजवाद स्थापनाको लागि नेपालमा एकपटक नेपाली जनतालाइ व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताउदै त्यसका लागि नेपालमा संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने बिसयमा जनमतसंग्रह गर्नुपर्ने नेता शितलको भनाइ थियो। उहाले पछिल्लो समय माओवादी केन्द्र पार्टी एकताको भ्रामक,गैरराजनीतिक हल्ला फिजेकाले भ्रममा नपर्न आम दाङबासी जनसमुदायलाई अपिल समेत गर्नुभयो। उहाले भन्नुभयो,”प्रचण्डहरु पार्टी एकता भनेर होहल्ला गरिरहेका छन,पार्टी एकता कुनै दल,नेता मात्रै मिल्ने कुरा होइन त्यसका लागि कार्यदिशा,कार्यनीति सबै मिल्नुपर्छ”।

कोणसभामा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली,अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वलीले ८औ पार्टी पुनर्गठन दिबसको अवसरमा पार्टीका नेता-कार्यकर्ता,शुभचिन्तक तथा आम दाङवासि जनसमुदायलाई शुभकामना व्यक्त गर्नुभएको थियो। शुभकामना व्यक्त गर्दै बक्ताहरुले जनता र राष्ट्रको मुक्तीका लागि बलिदानको कोटा चुक्ता गर्न पनि पछि नहट्ने प्रतिबद्धता जाहेर गरेका थिए।

सडकमा बेवारिसे फालिएको क्रान्तिको झण्डालाई फेरि उठाएको दिन भएको बताउदै पार्टी पुनर्गठन दिबस भव्य उत्सबका रुपमा मनाउन आग्रह गरिएको थियो।
कोणसभाको संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गर्नुभएको थियो।
यस्तै नेकपा दाङले आठौं पार्टी पुनर्गठन दिबसको अवसरमा मंसिर ७ गते भोलि अतिरिक्त खेलकुद क्रियाकलाप अन्तर्गत तुलसीपुरको कबडहलमा विहान ८ बजे ब्याडमिन्टन प्रतियोगिता, तुलसीपुर स्थित अरनिको मैदानमा विहान १० बजे घैलो फोड प्रतियोगिता र विहान ११ बजे सोही ठाउमा फुटबल प्रतियोगिताको उद्घाटन हुने नेकपा दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार