काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उत्तर मेचीकोशी ब्युरो इन्चार्ज देव सीकी आमा पदमकुमारी गुरुङको अन्त्यस्टीमा नेपाल कम्युनिस्ट पार्टीले झण्डा ओढाएर श्रद्धाञ्जली दिएको छ।नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सहितका नेताहरूको उपस्थितिमा आज पशुपति आर्यघाटमा झण्डा ओढाएर श्रद्धाञ्जली गरिएको हो।
संखुवासभाको मकालु गाउँपालिका वडा न२ निवासी गुरुङको हिजो बेलुका ६:१५ बजे काठमाडौमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको थियो।
बुधबार भएको अन्त्यस्टीमा नेकपा नेताहरु भरत सी, माइला सी,कृति सी, विपिन सी लगाएतको सहभागिता रहेको थियो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.