दंगिशरण गाउँपालिकाको अध्यक्षमा शम्भु गिरी निर्वाचित

डेली न्युजराप्ती       ३ जेष्ठ २०७९ ०७:५२ मा प्रकाशित     392 No Comments


३ जेठ/ दंगिशरण गाउँपालिकाको अध्यक्ष /उपाध्यक्षमा नेपाली कंग्रेसले जित हासिल गरेको छ। अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमा खड्का ओली निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मेघनाथ शाह (एमएन) अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्षमा पराजित भएका छन्।

पालिकामा रहेका ७ वडामा कंग्रेसले १,३,६ र नेकपा एमालेले चार वटा वडा २,४,५,७ जितेको छ। २०७४ को निर्वाचनमा नेकपा एमालेले पालिका अध्यक्ष र एउटा वडा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार