भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने

डेली न्युजराप्ती       ६ असार २०८३ १९:३३ मा प्रकाशित     282 No Comments

दाङ, असार ५ । भौतिकवादी समाज, नेपालले “भौतिकवाद के हो ? भौतिकवादी किन बन्ने ?” विषयक विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम असार ६ गते दिउँसो १२ बजे घोराहीस्थित सर्वोदय पुस्तकालयमा सञ्चालन हुनेछ। कार्यक्रममा रोशन जनकपुरीले मुख्य वक्ताको रूपमा भौतिकवाद, वैज्ञानिक चेतना तथा समकालीन समाजमा यसको आवश्यकताबारे धारणा राख्नुहुनेछ।

कार्यक्रमको कार्यपत्र प्रमोद धितालले प्रस्तुत गर्नेछन् भने शशिधर भण्डारीले टिप्पणी गर्ने कार्यक्रम रहेको छ। आयोजकका अनुसार कार्यक्रममा भौतिकवाद, वैज्ञानिकता, मानवता तथा अन्धविश्वास र रूढीवादविरुद्धको चेतना विकासका विषयमा व्यापक छलफल गरिनेछ।

“अन्त्य गरौं अन्धविश्वास र रूढीवाद, आत्मसात गरौं मानवता, वैज्ञानिकता र भौतिकवाद” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रमले समाजमा वैज्ञानिक सोचको विकास, तर्कसंगत बहस र वैचारिक अन्तरक्रियालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विद्यार्थी, बुद्धिजीवी, शिक्षक, सामाजिक अभियन्ता तथा आम नागरिकलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार