नेकपा बर्दियाद्वारा जेलबाट रिहा भएका नेताको स्वागत तथा सम्मान

डेली न्युजराप्ती       २६ श्रावण २०७८ ०८:४१ मा प्रकाशित     514 No Comments


रमेश प्याकुरेल बर्दिया : २५ श्रावण २०७८
नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जेलबाट रिहाई भएका नेता-कार्यकर्तालाई सम्मान गरेको छ ।
नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीले १८ महिना जेलजिवन बिताई आईतवार रिहा भएका पार्टीका बर्दिया जिल्ला सचिवालय सदस्य क. जयबहादुर ठाडामगरलाई स्वागत तथा सम्मान गरेका हुन।

जयबहादुर ठाडालाई बर्दिया प्रहरीले हातहतियार तथा खरखजानासम्बन्धी झुट्टा मुद्वा लगाएर गिरफ्तार गरेको थियो । सरकारले नेकपासँग तीन बुदेँ सहमति गरेर मुद्वा फिर्ता लिने र जेलमा रहेका नेताकार्यकर्ता रिहा गर्न सहमति गरेपनी नेकपाका नेताकार्यकर्ता अझै रिहाई हुनसकेका छैनन।
मगरलाई सम्मान गर्दै बर्दिया सेक्रेटरी गणेशले सरकारसँग सहमति भएको चार महिना बितिसक्दा पनि नेताकार्यकर्ता रिहा नहुनु दु:खद बिषय भएको बताए ।
आफ्नो पार्टीले सहमतिलाई ईमानदारपुर्वक लागू गरेपनी सरकारले उदासिनता देखाएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार