भदौ १ , दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले प्रत्येक महिनाको अन्तिम शुक्रबारलाई ‘रचनात्मक डे’को रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले जिल्लाका प्रत्येक पालिका समितिले प्रत्येक महिनाको अन्तिम शुक्रबार सार्वजनिक स्थलमा सरसफाइ वा अन्य कुनै रचनात्मक काम गरेर ‘रचनात्मक डे’ मनाउने निर्णय गरेको हो ।
यस्तै शुक्रवार श्रावण महिनाको अन्तिम शुक्रबारलाई नेकपाले जिल्लाका सबै पालिकामा त्यहाँको अनुकूलतामा ‘रचनात्मक डे’ मनाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिनुभएको छ ।
यस्तै नेकपा बबई गाउँकमिटीले विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले प्रत्येक महिनाको अन्तिम शुक्रबारलाई ‘रचनात्मक डे’को रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले जिल्लाका प्रत्येक पालिका समितिले प्रत्येक महिनाको अन्तिम शुक्रबार सार्वजनिक स्थलमा सरसफाइ वा अन्य कुनै रचनात्मक काम गरेर ‘रचनात्मक डे’ मनाउने निर्णय गरेको हो ।
यस्तै यो श्रावण महिनाको अन्तिम शुक्रबारलाई नेकपाले जिल्लाका सबै पालिकामा त्यहाँको अनुकूलतामा ‘रचनात्मक डे’ मनाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिनुभएको छ ।
यस्तै नेकपा बबई गाउँकमिटीले गाउँपालिकाको वडा नं. ५ राताराडामा रहेको सामाजिक नाला एवम बाटो सरसफाई गर्दै ‘रचनात्मक डे’ मनाएको गाउँकमिटीका इन्चार्ज उज्वल सीले जानकारी दिनुभयो ।
‘रचनात्मक डे’का बारेमा स्थानीय जनसमुदायको प्रतिक्रिया सकारात्मक रहेको साथै अब केही गर्न सक्ने पार्टी र नेतृत्व भनेको नेपाल कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व महासचिव विप्लव नै रहेको स्थानीयहरुको बुझाइ रहेकाले पार्टी जनतामा लोकप्रिय बन्दै गएको इन्चार्ज उज्ज्वलले बताउनुभयो ।
यो कार्यक्रमलाई निरन्तरता दिइने नेकपा बबईले निर्णय समेत गरेको जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.