रानीजरुवामा खानेपानीको हाहाकार

डेली न्युजराप्ती       २२ चैत्र २०८१ १२:२५ मा प्रकाशित     210 No Comments

हेमन्तप्रकाश वली ।
चैत २१,तुलसीपुर ।
तुलसीपुर-५ स्थित रानीजरुवामा खानेपानीको हाहाकार बढेको छ ।
अत्याधिक गर्मी मौसमका कारण धमाधम कुवाहरु सुक्न थालेपछी स्थानीयहरु खानेपानीको हाहाकारले संकटमा परेका छन् ।

रानीजरुवामा करिब १७ टोलका ५ हजार बढी घरधुरी छन् । स्थानीयले हालसम्म पनि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबाट खानेपानीको सुबिधा प्राप्त गर्न सकेका छैनन् ।

दुईचार महिना अघि मात्रै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी सहलगानी अन्तर्गत
खानेपानीको धारा पाइप विस्तार काम सुरु गरेको थियो । ६ महिना भित्र खानेपानी खुवाउने गरि काम अघि बढाईएको तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले बताएका थिए ।

स्थानीयले बबई लिफ्टिङ अन्तर्गतको आयोजनाबाट खानेपानीको समस्या समाधान हुने झिनो आसा लिएर दैनिक खानेपानीको अभावबाट प्रताडित हुनुपरेको छ ।

यस्तै तुलसीपुर बसपार्क क्षेत्रमा पनि खानेपानीको हाहाकार मच्चिएको छ ।

स्थानीय प्रकाश वलीले भने– ‘गर्मी अत्याधिक बढेको छ। खानेपानीको हाहाकार छ । अझ भनेको बेला ट्यांकर आउने स्थिति पनि छैन् । विकासका ठुला कुरा के गर्नु अझै खानेपानी नै सहज ढंगले पाउन सकेका छैनौँ । पानीको अभावले व्यापार , व्यवसाय देखि दैनिक जनजिवन प्रभावित भइरहेको छ ।’

स्थानीयहरुले आर्थिक अबस्था मजबुद हुनेहरुले ‘जार’को पानी खाने गरेको भएपनि अधिकांसले कुवाकै पानी खाएर जीवन चलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार