पौष १३ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको सम्मेलन आज हुने भएको छ ।
आज बुधबार घोराहीमा अखिल (क्रान्तिकारी) दाङको २५औ जिल्ला सम्मेलन हुने भएको हो ।
हजारौं बिद्यार्थीहरुको प्रदर्शनसहित हुन लागेको सम्मेलनलाई सम्बोधन गर्न सो संगठनका केन्द्रिय महासचिव ललित सी सहितका केन्द्रीय नेताहरु दाङ आएको सम्मेलन आयोजक समितीका संयोजक खुमन सीले डेलियुजराप्तीलाई जानकारी दिएका छन ।
आज दिउँसो १२ बजेदेखी भव्य बिद्यार्थी र्यालीसहित सुरु हुन गइरहेको सम्मेलनमा संगठनले सम्पुर्ण देशभक्त , प्रगतिशील , बामपंथी बिद्यार्थी एवम आम जनसमुदाय लगाएत समाचार संकलनका लागि सम्पुर्ण पत्रकारहरुलाई गरिमामय उपस्थितिका लागि समेत हार्दिक अपिल गरेको छ ।
वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तीका लागि हाम्रो आन्दोलन , जुझारु र सुदृढ संगठन निर्माणका लागि २५ औ दाङ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी) दाङले सम्मेलन सम्पन्न गर्न गइरहेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.