बंगलाचुलीमा सहकारी प्रर्वद्धन कार्यक्रम

डेली न्युजराप्ती       १३ चैत्र २०७८ १९:५८ मा प्रकाशित     318 No Comments


तुलसीपुर, १३ चैत । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेडले दाङको बंगलाचुली गाँउपालिकामा सहकारी पर्वद्धन कार्यक्रम सुरु गरेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रद्धारा स्थापना भएको सहकारीले बंगलाचुली गाँउपालिकामा रहेका सहकारीहरुको पर्वद्धनकालागी ‘महिला स्वाबलम्बनका लागी सहकारी प्रर्वद्धन कार्यक्रम’ सुरु गरेको हो । कार्यक्रमबारे समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम आईतवार बंगलाचुलीमा सम्पन्न भएको छ । बंगलाचुली गाँउपालिकामा दर्ता भएका (बचत तथा ऋण, कृषी, उपभोक्ता, बहुउदेश्य)सहकारीहरुलाई सिद्धान्त मुल्य मान्यताहरुको बारेमा जानकारी गराउने, सहकारीको नेतृत्व तहमा रहेका महिलाहरुलाई सहकारी सञ्चालन शिक्षाको विषयमा सचेतना अभिवृद्धि गर्ने र सहकारीमा आवद्ध भएका युवा तथा महिलाहरुलाई सहकारी व्यवसायको बारेमा जानकारी गराउने उद्धेश्यकासाथ सुरु भएको कार्यक्रमको बारेमा गाँउपालिका, वडा कार्यालयका प्रतिनीधी एवं सहकारीका प्रमुखहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा संस्थागत र ‘महिला स्वाबलम्बनका लागी सहकारी प्रर्वद्धन कार्यक्रम’ बारे नेपाल महिला सामुदायिक सेवा केन्द्रका व्यवस्थापक पवन योगीले जानकारी गराउनुभएको थियो । कार्यक्रमबारे जानकारी गराउदै उहाँले कार्यक्रम अन्तरगत स्थानिय महिलाहरु लाई सहकारीको महत्वबारे जानकारी दिने, सहकारीमा आबद्व महिलाहरुलाई सहकारी सञ्चालन गर्ने सिप प्रदान गर्ने, संस्थागत सुशासन प्रर्वधन गर्न आवश्यक सहयोग गर्ने, सहकारीको चार खाताको बारेमा निरिक्षण गर्ने, सहकारीको हिसाब पारदर्शी गर्न सचेत गराउने, स्थानिय श्रोत साधनको परिचालन गरी सहकारीमा आबद्व भएका सदस्यहरुलाई बिषयगत ब्याबसायिक सिपको अभिबृद्वि गर्ने, स्थानिय उत्पादन लाई प्रोत्साहन गरी त्यसको बजारीकरण गर्ने, यूवा स्वरोजगार तथा नेतृत्व विकास तालिम गर्ने, द्वन्द प्रभाबित र अती विपन्न परिवारका वालबालीकालाई शिक्षा सहयोग गर्ने, द्वन्द प्रभाबित तथा हिंसा पिडित महिलाहरुलाई मनोसामाजीक मनोबिमर्श परामर्श गर्ने लगायतका क्रियाकलाप गरिने जानकारी दिनुभयो ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेडका प्रबन्ध निर्देशक एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं बंगलाचुली गाँउपालिकाका अध्यक्ष भत्तबहादुर वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै वलीले कृषी सहकारीहरुले सदस्यहरुलाई उत्पादनमुखी काममा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । सहकारी–सहकारीबिचमा समन्वय आवश्यक भएकाले सहकारी सञ्चालकहरुलाई एक आपसमा समन्वय गरेर सदस्यहरुको पक्षमा काम गर्न अनुरोध गर्नुभयो । सहकारीका सेयर सदस्यहरुलाई उत्प्रेरित गर्ने कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध पनि गर्नुभयो । सहकारीको पवद्र्धनकालागी गाँउपालिका कार्यालय तयार रहेको भन्दै दीगो योजनाकासाग सम्पूर्ण सहकारीहरु एक भएर आउन अनुरोध गर्नुभयो । कार्यक्रममा बंगलाचुली गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पाण्डे, बंगलाचुली गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण डाँगी, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेडका व्यवस्थापक बिष्णु गिरी लगायतले मन्तव्य राख्नुभएको थियो । महिला स्वाबलम्बनका लागी सहकारी प्रर्वद्धन कार्यक्रमका कार्यक्रम संयोजक नमराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार