काठमाडौँ । आज नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीचमा प्रतिस्पर्धा हुन लागेको हो ।
आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ ।
समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । यद्यपि, आज प्रतिष्ठाका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामने हुनेछन् ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.