कुनैपनि मूल्य चुकाउन नेकपा तयार छ,एमसीसी कार्यान्वयन गर्न दिदैनौः प्रकाण्ड सी

डेली न्युजराप्ती       १७ माघ २०८० ०६:०६ मा प्रकाशित     111 No Comments

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले कुनै पनि मुल्य चुकाउन नेपाल कम्युनिष्ट पार्टी तयार भएको भन्दै एमसीसी नेपालमा कार्यान्वय गर्न नदिने चेतावनी दिएका छन ।

नुवाकोटको रातेमाटेमा आज आयोजना गरिएको ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि वृहत युवा विद्यार्थी प्रदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले कुनै पनि मूल्य चुकाउन नेकपा तयार भएकाले एमसीसी कार्यान्वय गर्न नदिने चेतावनी दिएका हुन ।

उनले साम्राज्यवादले नेपालमाथि गिद्दे नजर डरलाग्दो रुपमा लगाईरहेको बताउदै उसको गिद्दे नगर नेपाली जनताको एकता र बलले परास्त हुने दाबी गरे ।

प्रवक्ता प्रकाण्डले अमेरिकी साम्राज्यवादलाई चुनौती दिने गरी रसिया र चीन शक्तिशाली देश भएर उदाएपछि अमेरिकी साम्राज्यवाद निकै संकटमा परेको र आफू अगाडि वढन इन्डोप्यासीफिक रणनीति मार्फत आएको बताए ।

उनले उसको इण्डोप्यासिफिक रणनीति भनेको कमजोर राष्ट्रमाथि विकासको आवरणमा सैन्य अखडा राख्ने र युद्ध निम्त्याउने रणनीति भएको बताए । उनले साम्राज्यवाद चीनलाई घेर्न र नेपालमा विकासको नाममा युद्ध निम्त्याउन एमसीसीबाट प्रवेश गरेको ठोकुवा गरे ।

प्रवक्ता प्रकाण्डले भने ‘एमसीसी नामको कार्यक्रम साम्राज्यवादीको विचार हो,राजनीतिक हो,धार्मिक योजना हो, अलि –अलि विकास हो र मुख्यत सैन्य उद्देश्य हो । उसले विकासको नाम देखाएर नेपाल कव्जा गर्न चाहान्छ ।’

‘साम्राज्यवादका नेपाली दलालहरुले रातेमाटेका जनताको जग्गा हडपेका छन,जनतालाई दुख दिएर आतंकित पारेका छन’ उनले भने, ‘३५८ रोपनी जग्गा साम्राज्यवादले आफ्नो कन्टोलमा लिएको छ, पाल्पा,हेडौटा लगायतका ठाउँमा जग्गा हडपेको छ, रातेमाटेका १०२ घर विस्थापित भएका छन,अझै ७ सय रोपनी जग्गा कव्जा गर्ने योजनामा छ,यो गम्भीर र भयानक डर लाग्दो अवस्था हो ।’

उनले अमेरिकी साम्राज्यवादले देखावटी रुपमा विधुत र सडकको भ्रम दिदै नेपाललाई समाप्त पार्ने र चीन कव्जा गर्ने डिजाईमा एमसीसी ल्याउको भन्दै यसको प्रतिरोध सबै राष्ट्रवादी स्वाभिमानी शक्तिहरुले गर्नु पर्ने बताए ।

उनले दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध समाजवादी व्यवस्थाको विकल्प सारेर जनताको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी अगाडि बढेको चर्चा गर्दै दलाल र साम्राज्यवादी षड्यन्त्रको परास्त पारेरै छोड्ने उद्घोष गरे ।

उनले साम्राज्यवादले राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा हस्तक्षेप गरेको बताउदै देश निकै संकटपूर्ण अवस्थाबाट गुर्जेको र जनता र राष्ट्रले जननेता नपाएको टिप्पणी गरे ।

प्रवक्ता प्रकाण्डले जनताको वास्तविक प्रतिनिधित्व गर्ने विचार,पार्टी र नेतृत्व सहित नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी राखेको दाबी गर्दै त्यसको लागि एकपटक जनतालाई साथ दिन अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार