विप्लव पुत्र डा.प्रकाश चन्दको ट्विट: समाजवादका लागि रसियालाइ समर्थन

डेली न्युजराप्ती       १८ फाल्गुन २०७८ १९:०९ मा प्रकाशित     1675 No Comments


न्यूजराप्ती। फागुन १८, दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द( विप्लव) सुपुत्र डा. प्रकाश चन्दले आज बुधबार एक ट्विट गर्दै रसिया- युक्रेन युद्धका बारेमा आफ्नो धारणा राखेका छन।
चन्दले आज एक ट्विट गर्दै समाजवादका लागि रसियालाइ समर्थन रहेको स्पष्ट खुलाएका छन। उनले युद्ध कठोर, निर्मम र निर्दयी भएपनी यो मात्र एउटा निसर्त र सत्य विकल्प भएको उल्लेख गरेका छन। ट्विट मार्फत उनी लेख्छन,” युद्ध कठोर,निर्मम र निर्दयी हुन्छ तर पुजीवादी साम्राज्यवादको अखडालाइ समाजवादको फुल फुलाउन यो मात्र एउटा निसर्त र सत्य विकल्प हो।”
साम्राज्यवादि पुजीवाद विरुद्धको आन्दोलन सडकबाट मात्र सम्भव छैन भन्ने कुरा एमसिसीले पुष्ठि गरेको डा. चन्दले ट्विटमा लेखेका छन।
यस्तो छ डा. प्रकाश चन्दको ट्विट:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार