काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक कपिलवस्तु स्थित शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा सुरु भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपुर्वक लागू गरौ, एकीकृत जनक्रान्तिलाई अगाडी बढाऔ’ भन्ने दस्ताबेज प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्ताबमाथि आजदेखि स्थायी कमिटिका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.