माओवादीको अभियान: दाङमा पार्टीका नेताद्वारा आफ्नै कार्यकर्ताको ३६ लाख रकम अपचलनको आरोप

डेली न्युजराप्ती       ३० भाद्र २०८० ११:४८ मा प्रकाशित     629 No Comments

हेमन्त प्रकाश ओली ।

भदौ ३० , तुलसीपुर । नेकपा (माओवादी केन्द्र)को बिशेष रुपान्तरण अभियान चलिरहेको बेला दाङमा सो पार्टीका एक पालिका इन्चार्जले आफ्नै कार्यकर्ताको लाखौं रकम ठगी गरेको आरोप लागेको छ ।

नेकपा ( माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटिका इन्चार्ज क. प्रेमराज वली (प्रभात) र पार्टीका नेता ओम प्रकाश वलीले आफ्नै पार्टी कार्यकर्ताहरुको ३६ लाख ७० हजार बराबरको रकम फिर्ता नगरेको घटना बाहिरिएको हो ।

नेकपा (माओवादी केन्द्र) तुलसीपुरका १९ जना कार्यकर्ताहरुले नेता प्रभात र ओम प्रकाशले क्रीप्टो करेन्सी कारोबारको नाममा ग्लोबल इन्फिनिटी ट्रेडर्स नामक संस्थाको नाममा विभिन्न प्रलोभन देखाइ विभिन्न व्यक्तिहरुबाट रकम लिएको र अहिलेसम्म रकम फिर्ता नगरेकाले क.प्रेमराज वली (प्रभात) र ओम प्रकाश वलीलाइ झिकाई छलफल गराई पाउ भनी गत साउन १५ गते पार्टीका जिल्ला अध्यक्ष तथा पार्टी इन्चार्जलाई सम्बोधन गर्दै निवेदन समेत बुझाएका थिए ।

पिडित कार्यकर्ताहरुको समुहिक हस्ताक्षर गरिएको उक्त निवेदनको सुरुमा लेखिएको छ – ‘क्रीप्टो करेन्सी कारोबारको नाममा ग्लोबल इन्फिनिटी ट्रेडर्स नामक संस्थाको नाममा विभिन्न प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट उल्लेखित रकम लिएको र हालसम्म उक्त रकम फिर्ता नगरेकाले क.प्रेमराज वली (प्रभात) , ओम प्रकाश वलीलाइ झिकाई छलफल गरि पाउँ।’

नेकपा (माओवादी केन्द्र) का नेता क.प्रभात र ओम प्रकाश वलीबाट ठगिएका १९ कार्यकर्ताहरु अधिकांश तुलसीपुर -५ का कार्यकर्ता रहेको समेत बुझिएको छ ।

यता क्रीप्टो करेन्सीको नाममा लिएको रकम फिर्ता नगरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र) तुलसीपुरका इन्चार्ज प्रेमराज वली (प्रभात)ले डेलिन्युजराप्तीसंग फोन संवादमा भने– ‘यो मलाई सिध्यानका लागि गरिएको छ । म एउटा व्यापारी पनि हुँ । मैले ३% ब्याजमा पैसा काढेर लगानी गरेको हुँ । मैले पार्टीका जिल्ला इन्चार्जलाई पनि मुद्दा  आएपछी बसालेर छलफल गराउनुस भनेको हुँ । मुद्दा हालेका मध्य केही आफन्त छन् ती सहमत भएर कारोबार गरेका हुन् । कतिपयले किर्ते हस्ताक्षर गरेका छन् । मैले ती कुनै व्यक्तिलाइ लगानी गर्नुस भनेको होइन । यो अबैध कारोबार हो भनेर जान्दाजान्दै पनि मैले आफुले लगानि गरेको हुँ ।

नेता प्रभातले यो मुद्दा  आफुलाई सिध्याउनका लागि रचिएको दाबी गरेका छन् ।

यो विषय जिल्लामा समाधान भएन भने केन्द्रीय विषय बनाइनेछ : जिल्ला इन्चार्ज

नेकपा (माओवादी) केन्द्र दाङका जिल्ला इन्चार्ज निर्मल आचार्यले क्रीप्टो करेन्सीको नाममा कार्यकर्ता ठगिएको मुद्दा  जिल्लामा समाधान नभए केन्द्रीय विषय बनाइने बताएका छन्।

डेलिन्युजराप्तीसंग फोन संवाद गर्दै नेता आचार्यले उक्त मुद्दा  जिल्ला पार्टी कार्यालयमा दर्ता भएको समेत बताएका हुन् ।

फोन संवादमा बोल्दै नेता आचार्यले भने– ‘मुद्दा आएको छ । जिल्ला पार्टी कार्यालयमा मुद्दा दर्ता भएको छ । प्राविधिक कारणले गर्दा प्युठान केन्द्रित हुनुपरेकाले दाङको इन्चार्ज जयपुरी घर्तीलाई रिपोर्ट गरेको छु । यो समस्या समाधान भएन भने यसलाइ केन्द्रीय विषय बनाइनेछ । केन्द्रमा रिपोर्ट गरिनेछ। केही केसहरु प्युठानमा पनि आएका छन् । हामी ब्ल्याकमेलिङमा पर्यौ कतिपय साथिहरुले अपचलन गरेका छन् भनेर भाइवरमा अमुर्त आएको छ । पार्टी कार्यालयमा दर्ता गर्नुभएको छैन । मैले त्यो मुद्दा  जस्ताको तस्तै संयोजकलाई फर्वाड गरेको छु।’

नेता आचार्यले अहिलेको अभियानमा समस्यालाई थाती लगाएर चित्त बुझाएर बस्नुस नभनेर समस्यालाई समाधान गरेर मात्रै अभियान चलाइने समेत बताए ।

एक अर्को प्रसंगमा बोल्दै नेता आचार्यले भने – ‘ अभियान तीन विषयमा केन्द्रित छ । एउटा बिचार निर्माणसंग सम्बन्धित , बिचार संस्लेषण गर्नलाइ बिचार महाधिवेशन गर्दैछौं । अर्को संगठनसंग समबन्धित छ । संगठनको स्वरुप , प्रक्रिया कस्तो हुन्छ ? अर्कोचाही संघर्षको स्वरुप ठोस गर्नलाइ  हो । दलाल पुजिपती , भ्रष्टाचारीमाथी आक्रमणको ठोस स्वरुप दिन खोज्दैछौ । नेपालबाट बिश्वमा क्रान्ती र शान्तीको सन्देशसहित अगाडि बढेका छौँ ।

नेता आचार्यले अभियानको शिलशिलामा जनताले जनयुद्ध बेला खाएको आटोको पैचौ तिर्न आउनुपर्दैन भनेर गुनासो गर्ने गरेको समेत बताए । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार