दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)बिच नेकपाको केन्द्रीय कार्यालय शिवगढी स्थित महासचिव विप्लवको निवासमा भेटघाट भएको छ ।
भेटघाटमा समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको केन्द्रीय कार्यालयले बताएको छ । पछिल्लो राजनीतिक अवस्था, उत्पादन र संकट समाधानबारे छलफल भएको बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.