नेकपाद्वारा एसपीपीबिरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

डेली न्युजराप्ती       २ असार २०७९ २२:१३ मा प्रकाशित     232 No Comments

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बिरुद्ध चरणबद्ध आन्दोलनको गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक बिज्ञप्ति जारी गर्दै (एसपीपी) बिरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

प्रवक्ता प्रकाण्डले २१ औँ शताव्दीको पहिलो दशकको मध्यवाट आफ्नो विश्वव्यापी साम्राज्य गुमाउन थालेको अमेरिकी साम्राज्यवाद तेस्रो दशक प्रवेश गर्दा नगर्दै, विश्व दुई धुव्र र वहुधुव्रको रुपमा व्यक्त भइराखेको र वर्तमान वहुधुव्रीय विश्वको चरित्रले अमेरिकी साम्राज्यवादी विश्व वर्चश्वलाई धरापमा पार्न थालेपछि आतंकित र विक्षिप्त हुन पुगेको अमेरिकी साम्राज्यवाद विश्व पुर्ण नियन्त्रणको रणनीति विकास र त्यसको कार्यान्वयनको प्रकृया विश्वव्यापी रुपमा तिव्रताका साथ वढाई राखेको उल्लेख गर्दै हिन्द प्रशान्त रणनीति (IPS) यसैको खतरनाक अंग भएको कु्रा आजका मितिसम्म आउँदा दुनिँया र नेपालमा छर्लंग भएको ठोकुवा गरेका छन् ।

उनले नेपालमा MCC मार्फत सुरु गर्न थालेको अमेरिकी साम्राज्यवादी रणनीति अहिले SPP को रुपमा व्यक्त भएको उल्लेख गर्दै यो अमेरिकी साम्राज्यवादीे हिन्द प्रशान्त रणनीति (IPS) अन्तर्गत नेपाल राष्ट्र, नेपाली सेना र नेपाली जनता माथिको नाङ्गो हस्तक्षेप र गम्भीर षडयन्त्र भएको ठोकुवासमेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार