कार्तिक १३। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
दुर्घटनमा २५ जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.