अखिल (क्रान्तिकारी) दाङको २५औ जिल्ला सम्मेलन सम्पन्न , अध्यक्षमा खुमन

डेली न्युजराप्ती       १३ पुष २०७९ २१:१४ मा प्रकाशित     310 No Comments

पौष १३ , घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको २५ औ जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

आज बुधबार घोराहीमा हजारौं बिद्यार्थीको प्रदर्शनसहित सम्पन्न २५औ जिल्ला सम्मेलनले खुमन सीको अध्यक्षता ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा दिपक सी , सचिवमा नवीन सी , सह-सचिवमा टार्जन सी , कोषाध्यक्षमा हिमाल सीलाइ निर्वाचित गरिएको छ ।

यस्तै सम्मेलनले ६ सदस्यीय कार्यालय कमिटी समेत निर्माण गरेको छ । कार्यालयमा निर्वाचित पाँच जना पदाधिकारी सहित बिद्यार्थी नेतृ समता सीलाइ चयन गरिएको हो ।

अखिल (क्रान्तिकारी) दाङको २५ औ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले अधिकतम जनताद्वारा अस्विकृत संसदवादी पार्टी र न्युनतम जनताको म्यान्डेट विपरीत गठन भएको सरकार बिदेशीको कठपुतली भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनताद्वारा अस्विकृत भए । निर्वाचनमा जनताले न्युनतम म्यान्डेट दिए तर अहिले त्यही न्युनतम म्यान्डेट विपरीत गठन भएको सरकार दुइदिन पनि टिक्दैन , यो बिदेशिको कठपुतली सरकार हो ।’

जनताको म्यान्डेट विरुद्ध सरकार गठन गरेर संसदवादी दलहरुले कलाबिहिन नाटक देखाइरहेका छन , उनले थपे ‘ संसदीय निर्वाचनमा अधिकतम् जनताले भोट हालेनन । यो व्यवस्था जनताले अस्विकृत गरिदिए । ‘

एक अर्को प्रसंगमा बोल्दै नेता शितलले शिक्षा माफिया र पुजिपतीको हातमा गएको ठोकुवा गर्नुभएको थियो ।
सिमित पुजिपती हातबाट शिक्षा खोसेर सबै श्रमजीवी सर्वहारा वर्गा छोराछोरीका लागि निशुल्क बनाइनुपर्ने उहाको धारणा थियो । शिक्षामा व्यापार गरिएको छ , उहाँले थप्नुभयो ‘ शैक्षिक माफियाहरुको टाउको मुण्डन गरेर देश निकाला गर्नुपर्छ ।‘

अखिल(क्रान्तिकारी)दाङको २५औ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले दुई खाले शिक्षा अन्त्य हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभएको हो ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य सम्झना सीले दलालहरुले अपहरण गरेको नेपालको अस्तित्व रक्षा , शिक्षामा भएको निजीकरण र भ्रष्टिकरणका विरुद्ध युवा बिद्यार्थीहरुले आन्दोलन केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अखिल (क्रान्तिकारी) का महासचिव ललित सीले दाङ बिद्यार्थी आन्दोलनको गौरवमय इतिहास बोकेको जिल्ला भएको बताउनुभयो ।
नेता ललितले बिद्यार्थी आन्दोलनको चर्चा गर्दै भन्नुभयो – ‘कलिलो उमेरमा जहानिया राणा शासनका विरुद्ध गंगालालहरुले बलिदान गर्नुभयो । २४० वर्षको राजतन्त्रका विरुद्ध युवा बिद्यार्थीहरुले बिद्रोह गरे । कलम र तारा अंकित झण्डालाइ केही संगठनले सडकमा अलपत्र छोडेर गएपनी हामिले त्यो झण्डालाई सचेततापुर्वक उठाएका छौँ । हामी वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि अनवरत लड्छौ ।‘

शिक्षा अव्यवहारिक , अवैज्ञानिक ,बिभेदकारी र महंगो भयो , उहाँले थप्नुभयो ‘हामी अरव र युरोपको दास बन्नका लागि पढिरहेका छौँ । हामी शिक्षा प्रणाली बदल्न चाहेका छौँ र यसको ठाउमा समान ,जिवनउपयोगि , व्यवहारिक , वैज्ञानिक र निशुल्क शिक्षा लागू गर्न आन्दोलन गरिरहेका छौँ ।‘

यस्तै २५ औ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश कमिटी इन्चार्ज बिज्ञान सीले कक्षा १-१२ सम्म शिक्षा निशुल्क र अनिवार्य , यातायातमा बिद्यार्थीले पाउने ४५% छुट , सिमानामा काडेतार , राष्ट्रघाती एमसिसी सम्झौता खारेजीका लागि संगठनले संघर्ष गर्ने उद्घोष गर्नुभएको हो ।

कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश सी , जवस/मोर्चा संयोजन इन्चार्ज रुद्र सी , अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम त्रिभुवन बिश्वबिद्धालय तथा इन्जिनियरिङ इन्चार्ज अनिल सी लगाएतले सम्मेलनमा शुभकामना मन्तव्य राखेका थिए ।
२५औ जिल्ला सम्मेलनमा प्रतिवेदन बाचन संगठनका नवनिर्वाचित अध्यक्ष खुमन सीले गरेका थिए । प्यानल प्रस्ताव संगठनका लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञानले गरेका थिए भने नवनिर्वाचित जिल्ला कमिटीलाई बधाई मन्तव्य नेकपा दाङका सेक्रेटरी जनक सीले गरेका हुन ।
प्रतिबद्धता मन्तव्य सहित बन्द सत्रको समापन कार्यक्रमका अध्यक्ष खुमन सीले गरेका थिए ।

नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य तथा पार्टीका केन्द्रीय सदस्य द्वय सम्झना सी , प्रदिप सी , अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव ललित सी , नेकपा दाङका सेक्रेटरी जनक सी , अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान सी , अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल सी , जवस/मोर्चा संयोजन इन्चार्ज रुद्र सी ,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य गगन सी , सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती सी , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सी , युवा संगठन नेपालका जिल्ला अध्यक्ष सुदर्शन सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष दिनेश सी , श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला अध्यक्ष बिष्णु सी , थारु राष्ट्रिय मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष पण्चाराम सी , जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य द्वय हेमन्त प्रकाश , जंग सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य सेबेन्द्र सी , नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज महान सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिजय सी , नेकपा दाङका सचिवालय सदस्य किसन सीको आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो ।

अखिल (क्रान्तिकारी) दाङको २५औ सम्मेलन कार्यक्रमको संचालन दिपक सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार