दाङमा शिक्षकद्वारा एसइईको तयारी गरिरहेकी छात्रामाथी करणी!

डेली न्युजराप्ती       २२ चैत्र २०७९ १२:२६ मा प्रकाशित     257 No Comments

दाङमा एक शिक्षकले विद्यार्थीमाथी जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ । ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ, भन्दै बाहिर बोलाउन भनेछन्’,प्रहरी निरीक्षक केसीले भने‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहदा इमरजेन्सी काम भएको भन्दै बोलाएर भवनको भ¥याङ्मुनी लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएका छन् ।’

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्राबि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए । पीडितले मंगलबार जाहेरी दिएका हुन् ।

साथै पीडित बालिकाको अबस्था सामान्य रहेको छ । उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताए । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार