दाङमा भैसीको छाला बोकेको ट्रक अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु

डेली न्युजराप्ती       २२ भाद्र २०७९ १९:५३ मा प्रकाशित     243 No Comments


घोराही, २२ भदौ । घोराही–लमही सडकखण्ड अन्तर्गत चौपट्टामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो घोराहीबाट भैसी, राँगाको काँचो छाला बोकेर विराटनगर जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टा स्थित भैसी बगाउने खोलाका पल्टिदा सहचालक रोहिणी गाउँपालिका–६ रुपन्देहीका २५ वर्षिय सखर खाँ को च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ओरालोमा अनियन्त्रित भई ट्रक बाटोमा पल्टिदा दुर्घटना भएपछि ट्रक चालक भने फरार छन । केहीवेर अवरुद्ध घोराही–लमही सडक एकतर्फी चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार