राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

डेली न्युजराप्ती       २७ भाद्र २०७८ २०:०७ मा प्रकाशित     1237 No Comments


न्यूजराप्ती,दाङ। राष्ट्रिय जनमुक्ति पार्टीका नेता तुलसीपुर उपमहानगरपालिका-३ निवासी आशिष बिकले नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उनले लामो समयसम्म राष्ट्रिय जनमुक्ति पार्टीमा सक्रिय रहेर काम गरेको तर उक्त पार्टी लगाएत नेपालका कुनैपनी संसदवादी पार्टीहरुले जनअपेक्षा अनुसार काम नगरेको र संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको मुक्ती नहुने भन्दै विप्लवले नेतृत्व गरेको नेकपामा प्रवेश गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन। बिज्ञप्तिमा सम्पुर्ण देशभक्त,प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुलाइ नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल समेत गरिएको छ। पार्टी प्रवेश गर्ने निज बिक राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट २०७४ सालको स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका-३ बाट वडाध्यक्ष पदका उम्मेदवार हुन।

प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

पार्टी प्रबेशको प्रेस बिज्ञप्ति
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार