नेकपा (एमाले)प्रवेश गरेका नेता खनाल पुनः विप्लव नेकपामा फर्किए

डेली न्युजराप्ती       ११ बैशाख २०७९ १६:३७ मा प्रकाशित     410 No Comments


बैशाख ११,दाङ। नेकपा(एमाले) प्रवेश गरेका नेता टुका प्रसाद खनाल(बिक्रम) पुनः नेकपामा फर्किएका छन।

केही समयअघि नेकपा(एमाले) प्रवेश गरेका नेकपा तुलसीपुर उपमहानगर कमिटीका सदस्य समेत रहेका टुका प्रसाद खनाल(बिक्रम)ले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै आफू पुनः आफ्नै पार्टी नेकपामा फर्किएको जानकारी दिएका छन।

आज प्रेस बिज्ञप्ति जारी गर्दै खनालले सच्चा कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेकपा नै रहेको बताएका छन। पार्टीले अंगिकार गरेको एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत नेपालमा बैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेकाले आफू पार्टीमा फर्किएको खनालले बिज्ञप्तिमा उल्लेख गरेका छन।

बिज्ञप्तिमा देशभक्त,प्रगतिशील,बामपंथी,बुद्धिजीवी,सच्चा क्रान्तिकारी शक्तिहरुलाइ नेकपामा आवद्ध हुन अपिल समेत गरिएको छ।

बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार