तुलसीपुर-९ का स्वतन्त्र उम्मेदवारहरुको प्यानल घरदैलोमा

डेली न्युजराप्ती       १९ बैशाख २०७९ ०६:२५ मा प्रकाशित     307 No Comments


बैशाख १९,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का स्वतन्त्र उम्मेदवारहरुको प्यानल घरदैलो कार्यक्रममा व्यस्त भएका छन।

तुलसीपुर ९ बाट स्वतन्त्र उम्मेदवारका वडा अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद पाण्डे,सदस्यहरु बम बहादुर रोकाहा,टुका प्रसाद खनाल(बिक्रम),महिला सदस्य खुमा वली(अरुणा) र दलित महिला सदस्य हुम कुमारी विक स्थानीय निर्वाचनमा होमिएका छन।

तुलसीपुर-९ को शिबपुर,सल्लीबन, राउटेचाैर लगाएतका स्थानमा मतदातासंग भेटघाट,चुनावी प्रचारप्रसार गरिएको वडा अध्यक्षका उम्मेदवार इश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार