दाङमा नेकपासहित संयुक्त दल निकट जवस/ मोर्चाको बैठक सम्पन्न, एमसीसी विरुद्ध प्रर्दशन गर्ने

डेली न्युजराप्ती       २३ फाल्गुन २०७८ १०:०७ मा प्रकाशित     419 No Comments


घोराही, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी सहित दाङमा क्रियाशिल ३ कम्युनिस्ट पार्टी निकट जबस/ मोर्चाको संयुक्त बैठक सम्पन्न भएको छ ।
नेकपाको जिल्ला कार्यालय घोराहीमा आइतबार बसेको जवस/मोर्चाको संयुक्त बैठकले राष्ट्रघाती एमसीसी सम्झौता पुर्व घोषित एमसिसी विरुद्ध सशक्त संघर्षका विरोध प्रर्दशन कार्यक्रमहरु प्रभावकारी बनाउनेनिर्णयहरु गरेका छन।

बैठकमा संयुक्त पार्टी निकट महिला मोर्चाले फागुन २४ गते तुलसीपुरमा ८ मार्च (अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस)का अवसरमा राष्ट्रिघाती एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने, संयुक्त विद्यार्थी संगठनले २५ गते एमसीसीविरुद्ध घोराहीमा व्यापक विरोध प्रदर्शन गर्ने, युवा संगठनले एमसीसीविरुद्ध २८ गते घोराहीमा विरोध प्रदर्शन गर्ने, मजदुर संगठनले फागुन ३० गते एमसीसीविरुद्धको विरोध कार्यक्रम घोराहीमा गर्ने, किसान संगठनले चैत २ गते पूर्व घोषित एमसीसीको विरोध प्रर्दशन लमहीमा गर्ने, श्रमिक/दलित मोर्चाले पूर्व घोषित एमसीसीको विरोध प्रदर्शन चैत ५ गते भालुबाङमा गर्ने, राष्ट्रिय मुक्ति मोर्चा (जातीय/क्षत्रीय) मोर्चाले पूर्व घोषित एमसीसीविरुद्धको विरोध प्रदर्शन चैत्र ६ गते घोराहीमा गर्ने, त्यस्तै चैत १२ गते घोराहीमा वुद्धिजीविहरुको अन्तर्क्रीया कार्यक्रम गर्ने निर्णय गरेका हुन् । केन्द्रबाट पूर्व घोषित कार्यक्रहरु भएतापनि जिल्लाको अनुकुलतामा फेरबदल गरिएको नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिपले जानकारी दिनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज शीतलको अध्यक्षतामा बसेको संयुक्त पार्टी निकट जनवर्गीय संगठनहरुको बैठकमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका सेक्रेटरी प्रदीप, नेकपा (क्रान्तिकारीका माओवादी) दाङ जिल्ला सचिब नरेन्द्र, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल कम्युनिष्ट पार्टी घोराही उपमहानगर कमिटी इञ्चार्ज निर्मल, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इञ्चार्ज दिपक विष्ट लगाएत संयुक्त पार्टी निकट जबस/ मोर्चाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्ने बक्ताहरुले एमसीसीविरुद्धको पूर्व घोषित संघर्षका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न र त्यसको जिम्मेवारी दृढताका साथ पुरा गर्नुपर्ने बताए । उनीहरुले एमसीसीको विरोध प्रदर्शनका कार्यक्रमहरुमा सहभागी हुन सम्पूर्ण देशभक्त, वामपन्थी, वुद्धिजीवी, राष्ट्रप्रेमी लगायत सचेत नागरिकलाई अपिल समेत गरेका छन।
दाङमा नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र दुई मार्चाहरु राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक र्मार्चाले निरन्तर रुपमा एमसीसीविरुद्धको विरोधमा संघर्षका कार्यक्रमहरु गर्दै आइरहेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार