हेमन्तप्रकाश वली ।
कार्तिक ७,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङमा भव्य स्वागत गरिएको छ ।
बुधबार पार्टीका नेताकार्यकर्ताले जिल्लाको भालुबाङमा पार्टीका महासचिव विप्लव सीलाई फुलमाला सहित स्वागत गरेका हुन् ।
स्वागतमा पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम १ नं. निर्वाचन क्षेत्र इन्चार्ज बिक्रम सी , पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङका सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य सुरज सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सचीव भिमप्रकाश सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज पदम सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष पदम सी लगाएतका नेताकार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।
महासचिव विप्लवलाई स्वागत गर्न नेकपा (माओवादी केन्द्र) लमहिका इन्चार्ज विक्रान्त शर्मा , माओवादी केन्द्रका बिद्यार्थी नेता कल्याण अधिकारी लगाएतका नेताकार्यकर्ता भालुबाङ पुगेका थिए ।
महासचिव विप्लव भोलि राप्ती गाउँपालिकाको सभाहलमा सर्वपक्षीय भेटघाटलाई सम्बोधन गर्न दाङ आएका हुन् ।
विप्लवले आज दिउँसो अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदको बन्द सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.