काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँका विभिन्न ठाउँमा भेटिएका बम आफूले नराखेको जनाएको छ । नेकपा काठमाडौँ जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वको बदनाम गराउन बम राखेको भन्दै प्रचार गरिएको घटना प्रति आपत्ति जनाएको छ ।
नेकपा काठमाडौँ जिल्ला समितिले एक विज्ञप्ति जारी गर्दै काठमाडौको विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेको भनि हाम्रो पार्टी विशेषत काठमाडौ जिल्ला पार्टीको लिडरसिप र जिल्ला पार्टीलाई सुनियोजित ढंगले बदनाम गर्न खोजिएको जनाएको छ ।
जिल्ला सेक्रेटरी तुलसीनारायणले एक विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वलाई बदनाम गर्न केही राष्ट्रिय मिडिया, केही अनलाइन मिडिया र सामाजिक संजाल मार्फत सार्वजनिक भएको समाचार प्रति काठमाडौ जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए छन् ।
उनले यस्ता तथ्यहिन, कपोकल्पित, समाचार प्रति नलागी पार्टी केन्द्रको योजना मुताविक शान्तिपूर्ण भण्डाफोर कार्यक्रम गर्दै जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ निरन्तर लागि पर्न सबै पार्टी पंति, नेताकार्यकर्ता र आम जनसमुदायलाई हार्दिक अनुरोध गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.