चैत्र २०। काठमाडौमा सम्पन्न नवौ राष्ट्रिय कराते प्रतियोगिता २०७८ मा दाङले उत्कृष्ट प्रदर्शन गरेको छ ।
नेपाल गोजरियो कराते दो संघको आयोजनामा संचालित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ६ कास्य पदक हात पार्दै दाङले उत्कृष्ट प्रदर्शन गरेको हो।
तीन दिनसम्म संचालित प्रतियोगिताको जुनियर १२ देखि १३ बर्ष उमेर समुहको कुमुते स्पर्धामा महिला तर्फ एलिना शाही, सिनियर कुमुते ७० केजि तौल समुहमा बिश्वामित्र थारु र ५० केजि तौल समुहमा कुमार चापाईले दाङलाई स्वर्ण पदक दिलाए। यस्तै ६० केजि तौल समुहमा एमसन चौधरीले रजत पदक हात पारे भने कुमुते सिनियर महिला ५० केजि तौल समुह तर्फ निशाना रोकामगर,५० केजि पुरुष तर्फ बिजय खड्का,६५ केजिमा निशान पुन मगरले कास्य पदक हात पारेका हुन। यस्तै जुनियर पुरुष कुमुते ६० केजि तौलमा बिनोद बोहरा,५० केजिमा सौगात बिस्ट र ४५ केजि तौल समुहमा तेजवीर पुन दाङ जिल्ला लाई कास्य पदक दिलाउन सफल भएको प्रशिक्षक बिरेन्द्र बिकले जानकारी दिएका छन। दाङ जिल्लाको शानदार प्रदर्शनले समग्र लुम्बिनी प्रदेशले दोस्रो स्थान हात पार्न सफल भएको समेत प्रशिक्षक बिकले बताए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.