स्ववियु निर्वाचन:दाङमा विप्लवका निर्वाचित २३ जनालाइ बधाई ज्ञापनसहित धन्यवाद व्यक्त!

डेली न्युजराप्ती       १२ चैत्र २०७९ २२:३४ मा प्रकाशित     136 No Comments

दाङ । विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) दाङ जिल्ला कमिटीको आयोजनामा सो संगठन बाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा निर्वाचित भएका स्ववियु पदाधिकारी तथा सदस्य हरुलाइ आज दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन तथा सम्मान गरिएको छ।
संगठनका दाङ जिल्ला अध्यक्ष खुमन पौडेलको अध्यक्षता तथा संचालन बाट सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सविन सी , नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी , पूर्वि दाङ जिल्ला सेक्रेटरी जनक सी,अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा त्रि.वि ब्यूरो इन्चार्ज अनिल सी , अबिकेश्वरी क्याम्पसका क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बधाई मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सबिन सीले नया पुस्ताका युवा विद्यार्थीहरु खोज,अध्ययन ,अनुसन्धानमा अब्बल बन्नु पर्ने आवस्यकता रहेकाले त्यसै अनुसार लाग्न आग्रह गर्दै देश निर्माणमा युवा विद्यार्थीको भुमिका र दायित्व हुने भएकाले राष्ट्र निर्माणमा जुट्ने बेला भएको बताए ।साथै स्ववियुमा निर्वाचित सबैले अनुशासित लगनशील ,मेहनती भएर विद्यार्थीको सेवा गर्दै अगाडि बढ्न अपिल गर्दै निर्वाचित टिममलाइ कहिँ कतै समस्या आइपरेको खण्डमा पार्टी मदत गर्न हरपल तयार रहने उनको भनाइ थियो ।
यस्तै कार्यक्रमका अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अनिल के सी ले दाङ जिल्लामा राम्रै परिणाम आएकोमा खुसी व्यक्त गर्दै निर्वाचित सबै साथीहरू विद्यार्थीको हक , हित अधिकारको निम्ति निरन्तर लागिरहन,क्याम्पसमा प्राज्ञिक बाताबरण बनाउन , क्रान्तिकारी संस्कार र पहिचान दिएर विद्यार्थीको सेवा गर्न , निर्वाचित सबैले कार्यकाल भब्य ,सभ्य र परिणाममुखी बनाउन सुझाव दिए । साथै यो संसदीय व्यवस्था बाट आमूल रुपान्तरण सम्भव नभएकाले यसलाई खारेज गरेर बैज्ञानिक समाजवाद स्थापना गर्नको लागि नेकपाले सन्चालन गरेको एकीकृत जनक्रान्तिमा पनि सबैले सक्दो सहयोग गर्न अपिल गरे ।
अर्का अतिथि अम्बिकेश्वरी क्याम्पसका क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालले स्ववियु निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै स्ववियु निर्वाचित टिमलाई आफुले सक्दो सहयोग गर्ने बताए । साथै नेपाल कम्युनिस्ट पार्टीले मात्र परिवर्तनकारी एजेन्डा मुद्दा लिएकाले सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।

दाङ जिल्लामा रहेका विभिन्न क्याम्पसहरु बाट निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्य हरुको सहभागिता रहेको थियो । विजय सहभागी लाई पार्टी र संगठनका नेता कार्यकर्ताले अविर र खाडा ओढाएर सम्मान तथा बधाई दिएका थिए ।
अखिल(क्रान्तिकारी) विप्लव दाङ बाट निम्ति क्याम्पस हरुमा यि पदमा बिजय भएको छ :-

१) नबिन के सी: स्ववियु अध्यक्ष,राप्ती शिक्षा क्याम्पस घोराही दाङ
२)मनोज के सी: स्ववियु अध्यक्ष ,सिद्ध रत्ननाथ क्याम्पस नारायणपुर दाङ
३)राधिका खत्री ,:स्ववियु अध्यक्ष ,ज्ञानसिन्धु क्याम्पस नारायणपुर दाङ
४) ललिता घर्ती मगर :स्ववियु उपाध्यक्ष ,दाङ भ्याली क्याम्पस घोराही दाङ
५) कमला चन्द ठकुरी :स्ववियु उपाध्यक्ष ,ज्ञानदिप कलेज तुलसीपुर दाङ
६)हिमाल वली:स्ववियु सचीव, अम्बिकेश्वरी क्याम्पस घोराही दाङ
७)तिलक बुढा मत्वाला (तार्जन क्षेत्री):स्ववियु सचीव,स्पान राष्ट्रिय कलेज घोराही दाङ
८) विमला बाठाँ मगर:स्ववियु सचीव मार्क कलेज घोराही दाङ
९)सिम्रन बस्नेत :स्ववियु सहसचीव, ज्ञानसिन्धु क्याम्पस नारायणपुर दाङ
१०) गंगा बाठाँ मगर:स्ववियु कोषाध्यक्ष, पद्मोदय क्याम्पस घोराही दाङ
११) दिपक के सी: स्ववियु सदस्य महेन्द्र बहुमुखी क्याम्पस दाङ
१२) समीर डाँगी:स्ववियु सदस्य ,राप्ती शिक्षा क्याम्पस घोराही दाङ।
१३)शान्ति श्रेष्ठ ::स्ववियु सदस्य,मार्क कलेज घोराही दाङ
१४)रामकुमारी बुढा : :स्ववियु सदस्य,मार्क कलेज घोराही दाङ
१५) जितमान वि क ,स्ववियु सदस्य ,स्पान राष्ट्रिय कलेज घोराही दाङ
१६) अस्मिता खड्का ,स्ववियु सदस्य ,दाङ भ्याली क्याम्पस घोराही दाङ
१७) नवीन कुमार खत्री ,स्ववियु सदस्य ,दाङ भ्याली क्याम्पस घोराही दाङ
१८) यमुना पाण्डे ,स्ववियु सदस्य ,पद्मोदय क्याम्पस घोराही दाङ
१९)गौरव बस्नेत ,स्ववियु सदस्य ,अम्बिकेश्वरी क्याम्पस घोराही दाङ
२०)मनिका चौधरी ,स्ववियु सदस्य ,सिद्द रत्ननाथ क्याम्पस नारायणपुर दाङ
२१)प्रसंशा पुन मगर,स्ववियु सदस्य ,ज्ञानसिन्धु क्याम्पस नारायणपुर दाङ
२२) कोपिला चन्द ठकुरी ,स्ववियु सदस्य ,ज्ञानदिप कलेज तुलसीपुर दाङ
२३) सिवा भण्डारी ,स्ववियु सदस्य ,ज्ञानदिप कलेज तुलसीपुर दाङ
सहमतिका आधारमा अखिल (क्रान्तिकारी) को भागमा परेको घोषणा गर्न बाकी १४ पद
उपाध्यक्ष :१
सहसचिव: १
कोषाध्यक्ष: १
सदस्य :११

अखिल (क्रान्तिकारी) दाङ जिल्लाका सबै क्याम्पस हरुमा पदाधिकारी देखि सदस्य सम्म गरेर जम्मा ३७ पदमा बिजय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार