तुलसीपुर : नेपालको छैठौं प्रदूषित सहर , लुम्बिनी प्रदेशको दोस्रो नम्बरमा!

डेली न्युजराप्ती       १६ चैत्र २०७९ १३:०० मा प्रकाशित     153 No Comments

तुलसीपुर,१६ चैत । दाङको तुलसीपुर बजार नेपालकै प्रदूषित सहरमा छैठौं नम्बरमा छ, भने लुम्बिनी प्रदेशको दोस्रो नम्बरमा छ ।
वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कम अनुसार दाङको वायु प्रदूषणको मात्रा (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) एक सय ७ रहेको छ ।

नेपालको सबै भन्दा धेरै प्रदूषण भक्तपुरमा रहेको छ, भने जसको एयरक्वालिटि २ सय ७५ रहेको छ, भने लुम्बिनीको सबै भन्दा धेरै रहेको वुटवलमा एकसय ५१ रहेको छ । सामान्यतया आईक्यूआई ५० हुनुलाई सामान्य बायु मानिन्छ ।

पछिल्लो समय तुलसीपुरमा स्वासप्रश्वासका विरामी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार