साउन ६,दाङ। नेपाल कम्युनिस्ट पार्टीले ९औ महाधिवेशनको पोस्टर सार्वजनिक गरेको छ।
एकीकृत जनक्रान्तीको विचारलाइ नयाँ उचाइमा विकास गरौं! अवसरवादलाइ परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं!! भन्ने मुल नारा सहितको पोस्टर सार्वजनिक गरेको हो।
नेकपा केन्द्रीय समितीद्वारा जारी पोस्टरमा असोज १ गते काठमाडौं खुल्लामन्च जाऔं,९औ महाधिवेशन सफल पारौं लेखिएको छ।
पोस्टरमा नेकपा महासचिव विप्लवको तस्वीर सहित जनलहरको उल्लेख्य जनसहभागिता देखाइएको छ। पोस्टरमा कम्युनिस्ट पार्टीको झण्डा,ब्यानर र हात-हातमा एकीकृत जनक्रान्ती जिन्दावाद लेखिएका पर्चा-पम्प्लेटहरु सहित विशाल जनप्रदर्शनको झ्ल्को समेत दिइएको छ।
नेकपा केन्द्रीय समितिद्वारा सार्वजनिक गरिएको पोस्टर:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.