सहिद महानका परिवारले गरे विप्लवलाई स्वागत

डेली न्युजराप्ती       १३ जेष्ठ २०८२ २१:३७ मा प्रकाशित     218 No Comments

हेमन्तप्रकाश वली ।
जेठ १२,हंसपुर ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई सहिद महानका परिवारले स्वागत गरेका छन् ।
एकीकृत जनक्रान्तिका सहिद महानको शालिक अनावरण एवम स्मृति सभालाई सम्बोधन गर्न बबई-३ हंसपुर पुगेका विप्लवलाई सहिद महानका परिवारले हंसपुर धनुबासकोट स्थित आफ्नै निवासमा स्वागत गरेका हुन् ।

महासचिव विप्लव सीलाई एकीकृत क्रान्तिका सहिद गादिराम राना (महान)कि जिवनसंगिनि मालती राना लगाएत आमा , छोराछोरीले फुलमाला , रातो टीका लगाएर स्वागत गरेका हुन् ।

विप्लवले आजै दिउँसो १२ बजे हंसपुरमा सहिद महानको शालिक अनावरण एवम स्मृति सभालाई सम्बोधन गर्नेछन् ।
हंसपुरको कार्यक्रमपछि विप्लवले आज साँझ ५ बजे तुलसीपुरमा उधोगी , व्यापारीहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको नेकपा दाङका सचिव तिलक सीले जानजारी दिए ।

विप्लवले भोलि जेठ १३ गते घोराहीमा सर्वपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार