धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले खरिद गर्यो:जागृति

डेली न्युजराप्ती       ९ श्रावण २०७९ २३:३१ मा प्रकाशित     739 No Comments


साउन ९,प्युठान। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जागृतीले पार्टीबाट पलायन भएका धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले किनेको बताएका छन।

सोमबार प्युठानको जुम्रीमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता जागृतीले उक्त कुरा बताएका हुन।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथी समेत रहेका नेता जागृतीले साम्राज्यवादले पहिले हत्या,दमन,आतंक चलाएर क्रान्ती सिध्याउने गरेको तर अहिले साम्राज्यवादले नेतृत्वलाई किनेर वा क्रान्तिकारी पार्टीलाई फुटाएर क्रान्ती सिध्याउने गरेको बताए।

उनले भने– ‘धर्मेन्द्र-सुदर्शन विचारमा फरक मत भएर चोइटिएका होइनन्। उनिहरु क्रान्तीलाई ध्वस्त बनाउन उपयुक्त वातावरण खोजेका थिए।’
उनले अघि थपे‘१३ दिनसम्म चलेको बैठकले लिएको निर्णयहरुलाइ एक मतका साथ ताली बजाएर,मुठ्ठी उठाएर पास गरियो। धर्मेन्द्र-सुदर्शनले बैठकमा नोट अफ डिसेन्ट पनि राखेनन तर बैठकबाट बाहिर निस्किन बितिक्कै पार्टी,नेतृत्व र क्रान्तीका विरुद्ध विषवमन गर्दै हिड्न थाले।त्यसकारण उनिहरुलाइ साम्राज्यवादले पहिल्यै किनिसकेको पुष्ठि हुन्छ।’

एक फरक प्रसंगमा बोल्दै नेता जागृतिले एकीकृत जनक्रान्तीमा जनपत्रकारहरु ‘फस्ट एसाल्ट’मा रहेर आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको समेत वताए।
बिश्वका विभिन्न क्रान्तिहरुमा पत्रकारिता र पत्रकारहरुको भुमिका महत्वपूर्ण भुमिका रहेको नेता जागृतिको भनाइ थियो।

यस्तै बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर बिश्वकर्माले जनपत्रकारहरुले दलाल पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध कलम चलाउनुपर्ने धारणा राखेका थिए।
वैज्ञानिक समाजवाद स्थापनाका लागि जनतालाइ सुसज्जित गर्नेपनि जनपत्रकारहरुको मुख्य दायित्व रहेको संयोजक बिश्वकर्माको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार