तुलसीपुर-९ मा स्वतन्त्र उम्मेदवारको घरदैलो: मतदाता भन्छन ‘एकपटक इश्वरीलाइ मतदान गर्छौं’

डेली न्युजराप्ती       २४ बैशाख २०७९ १६:११ मा प्रकाशित     310 No Comments


बैशाख २४,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुको प्यानलले विभिन्न वडामा घरदैलो कार्यक्रम गरिरहेको छ।
शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं.९ मा स्वतन्त्र उम्मेदवारको प्यानलले घरदैलो कार्यक्रम गरेको छ।

घरदैलो कार्यक्रममा मतदानको अपिल सहित पुगेका स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद पाण्डेलाई जनताले मतदान गर्ने बताएका छन। मतदाताले भने-‘एकपटक इश्वरीजी लाई मतदान गर्छौं, थुप्रैपटक दललाइ हेर्यौ एकपटक उहालाइ मतदान गर्छौं।’

उहाको अहिलेसम्म केही खोट देखिदैन, इश्वरीजी काम गर्ने सक्ने मान्छे पनि हो,एक मतदाताले न्युजराप्ती संग भने।
घरदैलो कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वतन्त्र उप-मेयर पदका उम्मेदवार खेमराज वलीको पनि सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार