९ बुदे सहमत पछि शिक्षा इकाईको ताला खुल्यो

डेली न्युजराप्ती       २९ श्रावण २०७८ ०७:१२ मा प्रकाशित     426 No Comments


रमेश प्याकुरेल २८ साउन, २०७८ वर्दिया । अखिल(क्रान्तिकारी) बर्दियाले शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न माग राखि शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा लगाएको ताला ९ वुदे सहमति पछि खुलेको छ ।

बिद्यार्थी संगठनले शैक्षिक सुधारको लागि विभिन्न १८ वुदे माग राखि केही दिन अघि समन्वय इकाईमा तालावन्दी गरेको थियो ।
विहिवार भएको वार्तापछि शैक्षिक सुधारका लागि राखिएका अधिकांस मागहरु पुरा गर्ने प्रतिवद्धता पछि ताला खुलाईएको अखिल क्रान्तिारीले जनाएको छ । समन्वय प्रमुख रेविका अमात्य र विधार्थी संगठनका नेताहरुको वार्ता पछि ९ वुदे सहिमति भएकाले ताला खोलिएको अखिल(क्रान्तिकारी)का नेताहरुले वताएका छन ।

वार्तामा बर्दिया जिल्ला प्यावसनका अध्यक्ष तेजनाथ पौडेल , एन प्यावसन का बर्दिया जिल्ला अध्यक्ष बुध्द गिरी , नगरपालिका-गाउँपालिका शिक्षा शाखा प्रमुखहरु लगायतका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो । उनीहरुले पनि सहमति कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका छन ।

वार्तामा अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रेम शाही, संगठनका बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी , बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल लगायतको सहभागीता थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार