दशैंमा नेकपाका महासचिव विप्लव सहितका शिर्ष नेताहरुको योजना के छ ?

डेली न्युजराप्ती       ५ कार्तिक २०८० २२:०७ मा प्रकाशित     175 No Comments

कार्तिक ५ , दाङ ।

*पार्टीका महासचिव नेत्र विक्रम विप्लव सी : हामी सी संस्कृतिको मान्यतामा नयाँ संस्कृति बनाउनु पर्छ भन्नेमा छौ । दशैं श्रमजीवी वर्गको होइन । यो सामन्ती व्यवस्थाले धार्मिक शोषणबाट सत्ता टिकाउन बनाएको संस्कृति हो । यसलाई नयाँ संस्कृतिमा लैजानु पर्छ । त्यसैले सी संस्कृति हामी बनाउदै छौ । मैले यो दशैंको समयमा कपिलवस्तुमा रहेर विशेष गरी ३ वटा विषयमा केन्द्रीत भएर (श्रम,अध्ययन र मनोरञ्जन)मा समय बिताउदै छु ।

१) श्रमअन्तरगतः नेकपाले आत्मनिर्भर पार्टी,नेता,कार्यकर्ताको नीति अनुसार उत्पादको काममा लागेको छ । क्रान्ति गर्ने पार्टीले आफ्नै उत्पादनमा पनि जोड दिनुपर्छ । कसैसंग माग्ने पार्टी बनाउने होइन भन्ने नीति सहित शिवगढीमा अढाई विगाह जग्गामा धान खेति गरेको छ । धान पाकिसकेको छ । यो बिचमा अढाई बिगाह जग्गाको धानखेती भित्र्याउने काममा लाग्नेछु । त्यसपछि खेतमा लसुन लगाउने योजना छ । लसुन लगाउने काममा पनि पार्टी कार्यकर्ता र नेतासंगै श्रममा भाग लिदैछु ।

२) अध्ययनः मैले श्रमसंगै अध्ययनको समय मिलाएको छु । विश्व राजनीतिकोबारे अध्ययन गरिने छ । अध्ययनमा यो वर्षको मदन पुरस्कार जित्नेकोबारे पनि अध्ययन गर्नेछु । साहित्य तथा समाजवाद सम्वन्धि अध्ययन गर्ने कार्यसूची बनाएको छु । मैले यो भन्दा दुई वर्ष अघि युद्ध र शान्तिको बारे पनि अध्ययन गरेको थिए ।

३) मनोरञ्जनः मनोरञ्जनमा हाम्रो युवाहरुले खेलकुद आयोजना गरेको छ । खेलकुदमा सहभागी हुन्छु । प्रगतिशील फिल्म,नाटक हेर्ने कार्यसूची बनाएको छु । संगै सहिद परिवार,नेता कार्यकर्ता जनतासंगको भेटघाट पनि हुन्छ । पारिवारिक भेटघाट पनि हुन्छ ।

* नेकपाका प्रवक्ता प्रकाण्ड सी : म काठमाडौंमै हुन्छ । हामी सी संस्कृतिमा लागेकाले दशै हाम्रो लागि केही होइन । यो त सामन्तहरुले हिजोका शाषकहरुले आफ्नो विभेदकारी र शोषणकारी सत्ता टिकाउन बनाएको संस्कृति न हो । त्यसो भएर हाम्रो टिका जमराको कार्यक्रम छैन र हुदैन ।

समयको हिसावले देश संकटमा छ । देशको बारे सोच्नु पर्ने छ । यो देशको संकटलाई कसरी ? क्रान्तिकारी अग्रगामी निकास दिने भन्नेबारेमै राजनीतिक भेटघाट केन्द्रीत कार्यक्रमहरु छन । पार्टी र समाजवादी मोर्चाका नेताहरु बिचको भेटघाटमा समय खर्चिनेछुु ।

अध्ययनको समय पनि रहने छ । आन्तरिक पार्टी कार्यकर्ता र नेताहरुसंगको भेटघाट पनि हुन्छ । सहिद परिवारसंगको पनि भेटघाट पनि हुन्छ । पारिवारिक भेटघाट पनि हुन्छ ।

* नेकपा स्थायी समिती सदस्य सन्तोष सी ( विषम):  हाम्रो दशै मान्ने र टिका जमरा लागाउने कार्यक्रम छैन । नेपालमा धेरैले मान्ने भएकाले यसको प्रभाव परिहाल्छ ।

यो बिचमा राजनीतिक कार्यक्रम ठुला नभएपनि मैले साना तिना भेटघाट गर्छु । कार्यकर्ता,नेतासंगको भेटघाट हुन्छ । म हिजो मात्र काठमाडौ आए । पारिवारिक भेटघाट मेरो भईसक्यो ।

यो बिचको दशैंको समयमा मैले एमसीसी र समाजवादी मोर्चाकोबारे अध्ययन गर्ने कार्यक्रम राखेको छु । मुख्यगरीः देशमा राजनीतिक अवरुद्ध छ । देश संकटमा छ । यसलाई निकास दिने गरी अध्ययन बढाउनु पर्नेछ । दशैको समय अध्ययन र भेटघाटमै वित्छ ।

हिन्दुहरुको धर्मको रुपमा दशैं तिहार लिएको छ । राज्यले पनि यसलाई धेरै विदा दिएर प्राथमिकता दिएको छ । यो राम्रो पक्ष होइन । राज्यको चरित्र पनि गलत छ । यो त हिजोका शाषकहरुले आफ्नो वर्ग स्वार्थका लागि बनाएका संस्कृति हुन । हामी सी संस्कृतिको विकासमा छौ ।

* नेकपा स्थायी समिती सदस्य अनिल विरही सी: जनताको भावनामा चोट पुग्ने कुनै काम कम्युनिष्टले गर्दैनन् । त्यसो भनेर परम्परागत आदतको सत्ताको दास पनि हुनुहुदैन ।

त्यसैले म धार्मिक परम्परामा आधारित दशैं तिहार मान्दिन र त्सलाई प्रोत्साहित गर्नेगरी कुनै भूमिका पनि खेल्दिन । यो समयमा पार्टी काम कम हुने भएकाले दर्शन (प्रकृति विज्ञान र समाज विज्ञान) को अध्ययन र एउटा सोही विषयमा कार्यपत्र लेखेर समयको सदुपयोग गर्दैछु ।

साथै इजराजय र प्यालेष्टिनी युद्ध र त्यसले विश्व राजनीतिमा पार्ने प्रभावका बारे पनि अध्ययन र लेखन गर्दैछु ।

* नेकपा स्थायी समिती सदस्य उमा सी ( शिलु) : मेरो पारिवारिक भेटघाट हुनेछु । संगै सहिद परिवार, नेता र कार्यकर्तासंगको भेटघाट हुनेछ । पार्टीका ठुला कार्यक्रम यो बिचमा नभएकाले पारिवारिक भेटघाटम समय वित्नेछ ।

त्यो संगै अध्ययनको विषय पनि रहने छ । दशैं हाम्रो लागि कुनै ठुलो कुरा र नयाँ कुरा होइन । सामन्ती संस्कारलाई दशैको रुपमा विकास गरियो । यो श्रमजीवीको सत्ता पनि होइन र संस्कार पनि छैन ।

श्रमजीवीको सत्ता ल्याएर सी संस्कृतिको विकास गर्नुपर्छ । दशै मनाउने कुरा गलत छ । यो पुराना शाषकहरुले वर्ग स्वार्थका लागि बनाएका संस्कृति हुन । अन्धविश्वास तथा अध्यात्मवादी विचारमा केन्द्रीत छ ।

हामी भौतिकवादी भएकाले भौतिकवादी दृष्टिकोणबाट संस्कृति पनि मनाउनु पर्छ । तर समाजमा दशैं तिहारको धेरै प्रभाव छ । मेरो मुख्यगरी पारिपारिक भेटघाटसंगै,नेता कार्यकर्ता,सहिद परिवारसंगको भेटघाट र घुमफिरमा समय वित्ने छ ।

* नेकपा स्थायी समिती सदस्य भरत सी : म हाल कैलालीको चिसापानी दिदिको घरमा छु । असोज ३० गते मेरो भान्जा सक्लक वहादुर शाहीको कालिकोटमा गाडि दुर्घटनाबाट ज्यान गयो । दिदिको घरपरिवारमा शोक छ ।

म पनि भान्जाको मृत्युले दुखमा छु । दिदिको घरमा शोक भेटघाटमा आएको छु । दशैं समय भरी म यत्तै हुन्छु । समय भएमा अध्ययन पनि गर्नेछु । कार्यकर्ता,नेता सहिद परिवारहरुसंग यत्तै भेटघाटमा हुनेछु । विशेषगरीः आफन्जन र जनताको बिचमा भेटघाटमा नै हुनेछु ।

दशैं हाम्रो लागि हुदैन पनि मानिदैन पनि । यो परम्परागत संस्कृतिको विकल्प दिन सी संस्कृतिलाई थप विकास गर्नुपर्छ । दसै तिहारको पनि विकल्प हाम्रो पार्टीले दिनेछ ।

* नेकपा स्थायी समिती सदस्य सुशील सी : म काठमाडौ मै हुन्छु । दशै तिहारको समयमा अध्ययन र भेटभाट मेरो कार्य सूची छ । हाम्रो टिका जमरा हुदैन । पुरानो संस्कार र संस्कृतिको विकल्प दिनुपर्छ ।

अध्ययन गर्दा नेपाली विशेषताको समाजवाद र अहिलेको राजनीतिक संकटको निकासका विषयमा अध्ययन गर्नेछु । साथै सहिद परिवार,विरामी,नेता कार्यकर्तासंगको भेटघाट हुनेछ । दशै तिहारमा कुनै ठुला र औपचारिक कार्यक्रमहरु छैनन् । साना भेटघाट मात्रै हुनेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार